नेपाली महिलाले कतारमा अवैध सम्बन्ध राखेर शौचालयमै बच्चा जन्माएपछि…
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

दोहा – एउटी युवतीले आफू गर्भवती भएको कुन हदसम्म लुकाउन सक्छिन् ? कतारमा एक नेपाली युवती बच्चा जन्माउन्जेलसम्म त्यसमा सफल भइन् । नवलपरासीकी २३ वर्षीया ती युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाउ । ‘हामीले उसको पेट पहिलेदेखि नै बढिरहेको पाएका थियौं,’ ती युवतीसँग काम गर्नेले भनिन्,‘उसलाई पहिलादेखि नै सोध्दै आइरहेका थियौं । तर,उनले सधैं मोटाएको भनेर ढाँट्दै आइन् ।’ ती युवतीले करिब तीन कोलोको छोरालाई जन्म दिएकी थिइन् । बेथा लागेपछि एक्लै शौचालयभित्र छिरेकी उनी सहन नसकेपछि कराएकी थिइन् । त्यसपछि मात्रै उनका साथीहरुले थाहा पाएका थिए । ‘हामीले शौचालय गएको भनेर त्यति वास्ता गरेनौं,’ युवतीकी साथीले भनिन्,‘एकैपटक ठूलो चिच्याहट आएपछि मात्रै दगुरेर गयौं । शौचालय खोलेर हेर्दा उनको साथमा बच्चा थियो ।’ आमा र बच्चालाई हमादको महिला अस्पतालमा राखिएर थप उपचार गरिएको छ । दुवैको अवस्था सामान्य छ । नवजात शिशुका पिता तनहुँका परियार थरका एक युवक भएको ती महिलाले बताइन् । ९ वर्षदेखि कतारमा सवारी चालकको काम गर्दै आएका ती युवक विवाहित हुन्,आजको कान्तिपुर दैनिकमा खबर छ ।

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस
0 comments
Write Down Your Responses