चिट चोर्न नदिएपछि परीक्षा केन्द्रमै आक्रमण
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :विद्यार्थीको आ्रकमणबाट गम्भीर घाइते प्रहरी बोधिलाल विक । फोटो : अन्नपूर्ण
परीक्षार्थीको ढुंगाले लागेर प्रहरीको टाउको फुट्यो
सुर्खेतः चिट चोर्न नदएको भन्दै विद्यार्थी र अभिभावकहरुले दैलेखको एक परीक्षा केन्द्रमा आक्रमण गरेका छन् । विद्यार्थी र स्थानीयले एकाएक परीक्षा केन्द्रमा ढुङ्गामुडा गरेपछि आइतबार दैलेखको नौमूलेमा रहेको भैरव उच्च मावि परीक्षा केन्द्र तनाव भयो ।
अनिवार्य गणितको परीक्षामा कडाइ गरी चिट चार्न नदिएको भन्दै परीक्षार्थी र उनीहरुका अभिभावकले ढुङ्गामुडा गरेका थिए । विद्यार्थी र अभिभावकहरुले आक्रमण थालेपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो । परीक्षा सकिएपछि परीक्षा हलबाट निस्केका विद्यार्थीले केन्द्राध्यक्ष र निरीक्षकमाथि ढुङगामुडा गरेका थिए ।
विद्यार्थी र अभिभावकले परीक्षा केन्द्र नै नियन्त्रणमा लिन खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । सोहीक्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भयो । विद्यार्थी र स्थानीयको आक्रमणबाट परीक्षा केन्द्रको सुरक्षामा खटिएका प्रहरी जवान बोधिलाल विक गम्भीर घाइते भएका छन् ।
परीक्षा सकिएपछि बाहिर आइसकेका परीक्षार्थी र अभिभावकले प्रहार गरेको ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेका विकको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको दैलेखका डीएसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । केन्द्राध्यक्ष नगेन्द्र सिंहले विद्यार्थी र अभिभावकले परीक्षा केन्द्रलाई घेरा हालेर आक्रमण गरेको बताए ।
झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा २ विद्यार्थी घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ढुङगामुडापछि केन्द्राध्यक्ष, निरीक्षक र विद्यालयका कर्मचारीहरु ढोका थुनेर कोठाभित्रै लुक्न बाध्य भए ।
घटनापछि सदरमुकामबाट पुगेको प्रहरी निरीक्षक पुष्करबहादुर चन्दको प्रहरीको टोलीले स्थितीलाई नियन्त्रणमा लिएको थियो ।
दुल्लुमा परीक्षार्थीबीच कुटाकुट
जिल्लाकै दुल्लुमा रहेको विजया उच्च मावि परीक्षा केन्द्रमा पनि आइतबार परीक्षार्थीहरुबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । परीक्षाका क्रममा उत्तरपुस्तिका नदेखाएको विषयमा विद्यार्थीहरुबीच झडप भएपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिएको केन्द्राध्यक्ष केशव भण्डारीले बताए ।
यता परीक्षा सञ्चालन समितिका संयोजकसमेत रहेका दैलेखका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले परीक्षा मर्यादित बनाउन कडाइ गरेको जनाउँदै भोलिबाट परीक्षा अझ कडा हुने बताए ।
उनले परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने जो कोहीलाई पनि नछोडिने चेतावनी दिए । आइतबारको घटनापछि अभिभावक, शिक्षक, सुरक्षाकर्मी र विद्यार्थीसमेतको सर्वपक्षीय छलफलमा परीक्षालाई मर्यादित गराउने निर्णय भएको प्रजिअ घिमिरेले जानकारी दिए ।

###
0 comments
Write Down Your Responses