धरानमा मुटु बाहिर निस्किएको बच्चा जन्मियो (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुनसरी, चैत्र ८ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मुटु बाहिर निस्किएको बच्चा जन्मिएको छ ।
झापा भद्रपुरकी २१ वर्षिया श्रुती कार्कीले हिजो २ केजी ४ सय ग्रामको बालक जन्माएकी हुन् । बालक हिजो जन्मिए पनि आज मात्र चिकित्सकहरुले जानकारी गराएका थिए ।
बच्चाको प्रतिष्ठानमा उपचार हुन नसकेपछि काठमाडौं स्थित गंगालाल हृदय केन्द्र रिफर गरिएको प्रतिष्ठानका प्रसुती वार्डका प्रमुख डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
प्रत्येक १० देखि एक लाख बच्चा मध्ये एउटा बच्चाको मुटु बाहिर भएको अवस्थामा जन्मने गरेको चिकित्सकले बताएका छन् ।
तत्कालका लागि उक्त बच्चाको कार्डियो र्सजरी गरी ५ बर्ष पछि मात्र शल्यक्रिया गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।
बच्चाको थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाडौं ल्याइंदै छ ।

###
0 comments
Write Down Your Responses