अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भारत ९५ रनले पराजित
काठमाडौं :साविक विजेता भारतलाई घरको बाटो देखाउँदै आयोजक अस्ट्रेलिया विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सिड्नीमा भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतलाई ९५ रनको फराकिलो अन्तरले हराउँदै अस्ट्रेलियाले न्युजिल्यान्डसँग फाइनल भिडन्त पक्का गरेको हो ।
अस्ट्रेलियाले दिएको ३२९ रनको लक्ष्य पछ्याएको भारत ४६.५ ओभरमा २३३ रनमा समेटिएपछि उपाधिका लागि दुई आयोजकबीच भिडन्त पक्का भएको हो ।
लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको भारतका ब्याट्म्यान अस्टे«लियाको धारिलो बलिङ अगाडि निरिह सावित भए ।
भारतका लागि महेन्द्रसिंह धोनीले कप्तानी पारी खेल्दै ६५ रन जोडेर हारबाट जोगाउने प्रयास गरेका थिए । तर उनलाई अन्इ ब्याट्सम्यानले साथ नदिँदा भारत घर फर्कन बाध्य भयो । भारतका लागि ओपनरहरु शिखर धवनले ४५ र रोहित शर्माले ३४ रन जोडे । त्यस्तै अजेन्का रहानेले ४४ रन जोडे ।
भारतका लागि भर गरिएका ब्याट्म्यानहरु बिराट कोहली र सुरेश रैना आजको खेलमा फ्लम भए । बिराट कोहली १३ बलमा एक रन जोड्दै आउट भए भने रैनाले २० बलमा ७ रन जोडे ।

###
0 comments
Write Down Your Responses