अनिकालको नियति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विषाक्त रोटी खाएर बिरामी राजधानी ल्याइनुअघि धादिङ, गजुरीस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा।
काठमाडौं/गोरखा/नुवाकोट- विषाक्त पिठोको रोटी खाँदा पीडा–८, पुकुनगाउँ, धादिङका सन्जबहादुर तामाङ (स्याङ्तान) सहित एकै परिवारका ६ जनाको सोमबार ज्यान गएको छ। बिरामी १६ जनाको राजधानीस्थित दुई अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार तीमध्ये ६ जना सिकिस्त छन्।

मृत्यु हुनेमा सन्जबहादुरकी बुहारी फूलमाया (२८ वर्ष), नाति–नातिना अर्जुन (५), सुमित्रा (७), अनिता (२) र रमेश (५) छन्।
घून–किराबाट जोगाउन विषादी हालेर बीउका लागि राखिएको गहुँ पिँधेर बिहानै रोटी पकाएर खाएको केही बेरमै विपन्न सन्जबहादुरसहित परिवारका सबै सदस्य बिरामी परेका थिए।
अस्पताल जान हिँडेका उनीहरूमध्ये सन्जबहादुर, फूलमाया र अनिताको राजमार्ग आइनपुग्दै किरान्चोक–९, डाँडागाउँमा, एक जनाको राजमार्ग र दुई जनाको ललितपुर, धोविघाटस्थित मेघा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। उनका अनुसार बिरामी सबै सन्जबहादुरका परिवार र छिमेकी हुन्।
बिरामीमध्ये ११ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल र ४ जनाको बल्खुस्थित शिवज्योति अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न मनमोहनकी चिकित्सक डा. रोशनी शाहीका अनुसार गम्भीर अवस्थाका ६ जनाको आइसियु र अन्य ५ जनाको 'हाई केयर वार्ड' मा उपचार भइरहेको छ।
'रगतमा कडा किसिमको विषादीको मात्रा देखिएको छ,' शाहीले नागरिकसँग भनिन्, 'पूर्ण रिपोर्ट आउन बाँकी छ।' चिकित्सकका अनुसार शिवज्योतिमा उपचार गराइरहेका खतरामुक्त छन्।
धादिङ जिल्ला जनस्वास्थ्य प्रमुख सुमन मल्लले बिरामीले कडा खालको प्रतिबन्धित विषादीयुक्त खाना खाएको पुष्टि भएको बताए। 'घटनास्थलमा थायोडिनको बोतल भेटियो,' गाउँमै शव कुरेर बसेका उनले नागरिकसँग भने, 'सरकारले गत भदौमा मात्र प्रतिबन्ध लगाएको थायोडिन कडा किसिमको विषादी हो।'
यसरी भयो दुखद घटना
पृथ्वी राजमार्गबाट करिब १६ किमी टाढा पुकुनगाउँमा चार घरको सानो बस्ती छ। सन्जबहादुर त्यही बस्तीका अति विपन्न एक परिवारका मूली थिए जसको भागमा सधैं अनिकालको पीडा परिरहन्थ्यो। वर्षभरि खान पुग्ने अन्न कहिल्यै फल्दैनथ्यो रुखो जमिनमा।
स्थानीय जुनतारा प्रावि, पीडाका प्रधानाध्यापक किशोर अधिकारीका अनुसार सोमबारको घटना यही अवस्थाको परिणाम हो।
सन्जबहादुरको घरमा यसपालि उब्जाएको अन्न सबै सकिएको थियो। अन्नका नाममा बाँकी थियो त बीउका लागि विषादी हालेर राखिएको अलिकति गहुँ। गत वैशाखमा घून–किराबाट जोगाउन विषादी हालेर अनिकालको बीउ जोगाएका थिए उनले। त्यही बीउ उब्रेको थियो।
विकल्प केही नभएपछि सन्जबहादुरले आइतबार त्यही १० केजीजति गहुँ निकाले र पानीले विषादी पखालेर घट्ट लैजान ठिक्क पारे। सोमबार बिहानै गहुँ काँधमा हालेर घरनजिकैको घट्ट पुगे।
'बिहानै काँधमा गहुँ हालेर घट्ट जाँदै थिए, केही घन्टामै फथ्रकफथ्रक परेर अस्पतालतिर दौडिइरहेको भेटेँ,' अधिकारीले भने, 'केटाकेटी रोटी खाएर बिरामी परे भनेर अस्पताल लैजान हिँडेको भन्दाभन्दै सन्जबहादुर आफैं बाटोमा ढले।'
सन्जबहादुरका छोरा टीकाबहादुरले चिकित्सकलाई बताएअनुसार बिहानै उनीहरूले त्यही गहुँको पिठोको रोटी बनाएर खाजा खाएका थिए। रोटीसँग सितन थियो, जाँड र अचार। एकैछिनमा केटाकेटी बिरामी पर्न थाले। हेर्दाहेर्दै रोटी खाएको कुकुर घरमै मर्योर।
'कुकर मरेपछि सन्जबहादुरलाई चिसो पसेछ, कतै विष त लागेन,' जनस्वास्थ्य प्रमुख मल्लले भने, 'त्यसपछि हस्याङफस्याङ गर्दै अस्पताल हिँडेका रहेछन्।'
सन्जबहादुरले घटेरा (घट्टधनी) तिलकबहादुर दोङलाई ज्यालाबापत दुई माना पिठो दिएका थिए। छिमेकीले लगत्तै त्यही घट्टमा कोदो पिँधेर ढिँडो खाएका थिए। मल्लका अनुसार बिरामी परेकाहरू तिनै छिमेकी र घटेराका परिवार हुन्।
रोटी खाएका फूलमाया, सम्झना, पूर्णबहादुर, टेकबहादुर, बुद्धिमान, ठूलीमाया, लक्ष्मी, टेकमान, मुगामाया, वीरबहादुर, तिलकबहादुर, सुनमाया, शान्ति, राजु, रमिला र बुद्धलक्ष्मी बिरामी छन्। अधिकारी आफंैले बिहान ९ बजेतिर घटनाबारे प्रहरीलाई खबर गरे पनि करिब ११ बजे मात्रै आइपुगेको उनले जानकारी दिए।
'स्थानीयले बिरामीलाई बोकेर झर्दै रहेछन्, हामीले पनि उद्धार गरेर काठमाडौं रेफर गर्न सहयोग गर्यौंं,' मल्लले भने। बिरामी बालबालिकालाई सुरुमा नजिकको स्वास्थ्य संस्था किरान्चोकस्थित अर्जुन मेडिकल हल पुर्याेइएको थियो। त्यसपछि धादिङ गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएका सबैलाई केन्द्रले काठमाडौं पठाएको थियो।

###
0 comments
Write Down Your Responses