अपडेट : फ्रान्समा विमान दुर्घटना, बिमानमा सवार एकसय ५० को मृत्यु भिडियोसहित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पेरिस(बिबिसी), चैत्र १० - स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसलडर्फतर्फ उडेको जर्मनविंग्सको एअरबस ए३२० फ्रान्सको आल्प्स पर्वत क्षेत्रमा मंगलबार दुर्घटनाग्रस्त भएकेा फ्रान्सेली उड्ययन अधिकारी र प्रहरीले पुष्टि गरेका छन् । विमानमा १ सय ४४ यात्रु र चालकदलका ६ सदस्य गरी १ सय ५० जना सवार थिए । फ्रान्सेली अधिकारीले बिमानमा सवार सबैको मृत्यु भएको घोषणा गरेका छन् । बिमानको ब्ल्याक बक्स फेला परेको छ । सस्तोमा उडान भर्ने जर्मनविंग्स लुफ्थान्साको सहायक कम्पनी हो ।
दुर्घटनाग्रस्त क्षेत्रको एरियल भ्यू । यो भिडियो बीबीसीबाट साभार गरिएको हो ।
फ्राँन्सेली राष्ट्रपति फ्राँस्वा ओलँदले भनेका छन्, 'दुर्घंटनाको अवस्था अझैसम्म अज्ञात छ र यात्रुहरु जीवित हुने सम्भावना कम देखिएको छ ।' उनले दुर्घटनालाई दुःखद बताए । ओलँदले जर्मनेली चान्सलर एंगेला मर्केललाई फोन गरी समवेदना प्रकट गरेका थिए ।
अधिकारीहरुले जनाएअनुसार उडेको ५० मिनेटपछि १०:४७ मा विमानले आपदालीन सन्देश पठाएको थियो । फ्रान्सेली आन्तरिक मन्त्रालयका अधिकारीका अनुसार दुर्घटनास्थल दुई हजार मिटरमाथि र कठिन पर्वतीय क्षेत्रमा भएकोले खोजी गर्न सहज छैन । उनले खोजी र उद्धारका लागि दुर्घटनास्थल मेलाँस-रभेल्समा टोलीहरु पठाइएको जानकारी पनि दिएका छन् । उनले खराब मौसमका कारण उद्धारका लागि पठाइएका हेलिकोप्टरहरुलाई दुर्घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको समेत बताए ।
'फ्लाइट ४यु ९५२५ के भएको हो भन्ने बारे हामीलाई अहिलेसम्म केही थाहा छैन । यात्रु र चालकदलका सदस्यका परिवारजनप्रति मेरो गहिरो समवेदना छ' लुफ्थान्सका प्रमुख कार्यकारी कार्स्टन् स्पोर्हले टि्वट गर्दै भनेका छन्, 'यदि हाम्रो डर सही निस्क्यो भने यो लुफ्थान्सका लागि कालो दिन हुनेछ । आशा गरौं यात्रुहरु बाचेका होऊन् ।'
फ्राँन्सेली प्रहरीले दुर्घटनाको कारण अहिलेसम्म प्रष्ट नभइसकेको जनाएको छ । तर विमानको टर्याक रेकर्ड हेरेका अधिकारीहरुले विमान ३५ हजार फिटबाट सिधै तल हानिएको बताएका छन् ।
सस्तोमा सेवा दिनेगरी स्वायत्तरुपमा स्थापना भएको जर्मनविंग्सपछि लुफ्थान्सासंग मिसिएको थियो । पछिल्लो समयमा यसले मेडिटेरियन गन्तव्यहरुलाई जर्मनेली सहरहरुसंग जोडै आएको थियो । जर्मनविंग्सका विमानहरु यसअघि दुर्घटनामा परेका थिएनन् । यही विमान बाहेक ऊसंग भएका सबै विमान नौ वर्ष मात्रै पुराना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा परेको ए३२० भने २४ वर्ष पुरानो थियो । जर्मनविंग्सलाई विस्थापित गरी युरोविंग्स सुरु गर्ने योजना भइरहेका बेला अघिल्लो साल पाइलटहरुको आन्दोलनले त्यो स्थगित भएको थियो ।

###
0 comments
Write Down Your Responses