प्रचण्ड, बाबुराम र वैद्यले टाउकोमा आगो सल्काउनुपर्छः थापा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
शान्ति प्रक्रिया विपरित सरकार अगाडि बढ्न खोजेको भन्दै शान्ति प्रक्रियामा आएपछि पाँचवटा समूहमा विभाजित माओवादीहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन्। जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएको निष्कर्ष निकाल्दै माओवादीहरूले कार्यगत एकता गर्ने कि पार्टी एकता गरेर अगाडि बढ्ने भन्ने विषयमा गृहकार्यमा जुटेका छन्,आजको नेपाल समाचार पत्रमा मधुसुदन रायामाझीले खबर लेखेका छन्। एमाओवादी र नेकपा-माओवादीबीच पार्टी एकता प्रक्रिया अगाडि बढाउनका लागि वार्ता समिति गठन गरेर एकतालाई अगाडि बढाउन सात बुँदे प्रस्तावनै तयार गरिसकेको छन्।

 माओवादीहरूबीच हुने भनिएको एकतसँग प्रश्न पनि सँगै उठ्ने गरेका छन्। तर, एकतासँगै आशंका पनि जन्मिएको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापले पार्टी एकता भावना र लहडमा नहुने बताए। उनले माओवादी आन्दोलनले ल्याएका उपलब्धीहरू गुम्ने खतरा भएपछि माओवादीहरू एकै ठाउँमा आइपुगेको बताए।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z