एयर क्यानडाको एयरबस दुर्घटनाग्रस्त
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : एयर क्यानडाको एउटा जहाज अवतरणका क्रममा धावनमार्गमै दुर्घटनाग्रस्त भएको छ । एयर क्यानडाको एयरबस ३२० आइतबार बिहान हलिफक्स स्ट्यानफिल्ड इन्टरनेशनल एयरपोर्टमा अवतरणका क्रममा धावनमार्गमै दुर्घटनग्रस्त भएको हो ।

दुर्घटनापछि घाइते भएका २२ जना यात्रुलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ । एयर क्यानडाले आफ्नो अफिसियल ट्वीटरमा दुर्घटनाको पुष्टि गर्दै घाइते यात्रुहरुलाई तत्कालै अस्पताल लगिएको जनाएको छ । जहाज पाइलटले फोर्स ल्यान्डिङ गराउने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

सो एयरबस जर्मन पाइलटले फ्रान्समा केही हप्ताअघि दुर्घटना गराएकै आकारको हो । दुर्घटनामा अहिलेसम्म यात्रुको ज्यान गएको खबर आएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एनबीसीलाई उधृत गर्दै बेलायती अनलाइन मिररले खराब मौसमका कारण धावनमार्गको भिजिबिलिटी कम हुँदा जहाज दुर्घटनामा परेको जनाएको छ ।

उडान नम्बर एसि ६२४ को सो जहाज १३७ यात्रुसहित क्यानडाकै टोरन्टोबाट उडेको थियो । सो एयरबस अवतरणका क्रममा  एयरपोर्टमा बाक्लो हिमपात भइरहको थियो ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z