युरोपको चर्चित अप्रिलिआ बाइक नेपाली बजारमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,चैत १७ – युरोपको चर्चित मोटरसाइकल अप्रिलिया नेपाली बजारमा भित्रिएको छ । जेएनजे इन्टरनेसनलले २ मोडल नेपाली बजारमा बिक्री सुरु गरेको हो । यो युरोपमा उत्कृष्ट रेसिङ बाइक मानिन्छ ।
नेपाली बजारमा १५० सिसी इन्जिन क्षमता रहेको एसटिएक्स रोड र इटिएक्स इन्ड्युरो बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । एसटिएक्स रोड बाइक पिच रोडका लागि उपयुक्त छ । इटिएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारो रोडमा पनि सजिलै कुदाउन सकिने हुँदा कच्ची बाटोका लागि उपयुक्त मानिएको छ ।
हाल एसटिएक्स रोडको मूल्य २ लाख ९० हजार रुपैयाँ र इटिएक्स इन्ड्युरोको ३ लाख ३० हजार रुपैयाँ रहेको छ । अप्रिलिया बाइकले हालसम्म मोटरसाइकल रेसिङ विश्व च्याम्पियनसिपमा ५४ वटा मेडल जितेको छ । यो ब्रान्डका बाइक सन् १९०५ देखि पिआजीओ ग्रुपले उत्पादन गर्दै आएको छ ।

###
0 comments
Write Down Your Responses