एउटै परेवाले भारतमा खैलाबैला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
जासुसी गर्न लगाइएको आशंकामा अनुसन्धान
एजेन्सी : भारतीय समुद्री क्षेत्रमा उडेर आएको एउटै परेवाका कारण भारतमा खैलाबैला भएको छ ।  गुजरात प्रदेशको समुद्री तटमा एउटा परेवा देखिएपछि त्यहाँका सुरक्षा निकाय तुरुन्तै उच्च सतर्क भएका थिए ।

समुद्री आकाशमा देखिएको परेवामा इलेक्ट्रोनिक चिप लगाएको देखेपछि केन्द्र सरकारसम्म सुरक्षा चिन्ता बढाएको छ ।  परेवाको खुट्टामा एकातिर इलेक्ट्रोनिक चिप लगाइएको थियो भने अर्कोमा अरबी भाषामा केही लेखिएको थियो ।

गुजरात प्रहरीले यो परेवाबारेमा तत्कालै केन्द्रीय गृह मन्त्रालयमा खबर गर्यो । अधिकारीले शुक्रबार बताए अनुसार गुजरात सरकारले एक सन्देशमा गृह मन्त्रालयलार्इ यस घटनाको लिखित जानकारी गराएको बताएका छन् ।

यो परेवा पहिलो पटक २० मार्चमा गुजरातको सलाया एस्सार जेट्टी स्टेशन नजिकैको समु्द्री किनारबाट पाँच माइल टाढा देखिएको थियो ।

गुजरातको देवभूमि द्वारका जि्ल्लामा जेट्टीको निर्माण भइहरेको छ । जेट्टीको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले परेवाको एउटा पञ्जामा इलेक्ट्रोनिक चिप र अर्को पट्टीको पँखेटामा '२८७३३' लेखेको भेट्टाएका थिए ।

परेवाको पँखेटामा अरबी भाषामा 'रसुल अलअल्लाह' लेखिएको थियो । चिपमा पर बेन्जिङ्ग डबल लेखिएको छ । जेट्टीमा खटिएका सुरक्षाकर्मीले यो परेवाबारेको सूचना समुद्री तटरक्षक बललार्इ जानकारी गराएका थिए । त्यसपछि यो परेवालार्इ तटरक्षक बलको जिम्मा लगाइयो ।

तटरक्षकले दुर्इ दिनपछि स्थानीय पुलिसलार्इ खबर गरेर घटनाको पहिलो जानकारी समेत दर्ता गराएका छन् । जिल्ला पुलिसले परेवाको पञ्जाबाट चिप र अरबी भाषामा लेखिएको कागजसमेत निकालेर गान्धिनगरस्थित फोरेन्सिक ल्याबमा जाँचका लागि पठाएको छ ।

गुजरात वन विभागका अधिकारिलार्इ पनि यो परेवाबारे जानकारी लिन बोलाइएको थियो । यो प्रजातिको परेवा उत्तर भारतमा पाइन्छ । यो प्रकारको परेवालार्इ खाडी मुलुकमा दौडमा प्रयो गरिन्छ ।
जाँचका क्रममा 'बेन्जिङ्ग डबल' शब्दको प्रयोग केही देशमा परेवाको दौडका क्रममा पनि प्रयोग गर्ने गरिन्छ ।

गुजरात पुलिसको प्राराम्भिक रिपोर्ट अनुसार सम्भवत: यो परेवा कुनै जहाजबाट उडाइएको अनुमान गरिएको छ । पानी जहाजबाट उडाइएको यो परेवा दिशा भुलेर पानी खोजीमा गुजरातसम्म आइपुगेको अनुमान भारतीय प्रहरीको छ ।

परेवामा प्रयोग चिप र अरबी भाषामा लेखिएको सन्देशका कारण गुजरात सरकारले खतरा नमोल्न यसको सबै सूचना केन्द्रीय गृह मन्त्रालयलार्इ पनि दिएको जनाएको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z