दोस्रो भेट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
'जीन्दगी कस्तो होस् जस्तो लाग्छ तिमीलाई?,' मेरा आँलाहरु खेलाउँदै एकदिन सोधेको थियो आकाशले। भर्खरको सहबासले थकित भएकी थिएँ म।
'सामान्य! एउटा माया गर्ने बुढो, दुईटा छोरा छोरी, अनी एउटा घर। अनुभवको तरङले सोचाइको सतह नबिथोलोस्। सरल जीवन बाँचेर सामान्य तरिकाले मर्न पाउँ' म त्यही चाहन्थें, त्यही भनें।
'तिम्रो कुरा निरास सुनिन्छ। किन तिमी बाँच्न एकसाइटेड छैनौ?' मेरा औंलाका लम्बाइ उस्का औंलासँग नाप्दै उस्ले सोध्यो।
'सामान्य जीवन बाँच्न पाउनु पनि एउटा सौभाग्य हो नि। बाँच्नु सँधै रोटे पिङ खेले जस्तो भयो भने एक्साइटिङ हुन्छ र?' मैले तर्क गरें।
'कबिता लेख्ने मान्छेहरु त्यस्तो सरल जीवनमा अटाउन सक्दैनन्, तिमी पनि सक्दिनौ', उस्ले भित्ता तिर टोलाएर हेर्दै भन्यो।
'सकें भने?', मैले च्यालेन्ज गरे।
'घमण्डी केटी!', भनेर उस्ले थप केही भनेन। चाहनाका बिपरित ध्रुबमा बाँचेका हामी एउटै ओछ्यानमा पल्टिरह्यौं, एक अर्कालाई सुम्सुम्याउँदै।
***
आकाश र मेरो भेट पनि त्यस्तै बेप्रसंग भएको थियो। मेरो चप्पल चुँडिएर बल्ल बल्ल सेतो टेम्पो भेटेर चढेकी थिएँ। ऊ टेम्पोमा पहिले देखी नै थियो कि पछी चढेको मलाई याद पनि भएन। आफूलाई आफ्नै चटारो थियो। 'एक्स्क्युज मी, हेर्नु न मेरो वालेट पाकेटमारले लग्देछ मेरो भाडा तिर्दिन सक्नुहुन्छ? म फिर्ता दिन्छु नि', भन्यो।
मलाई उस्कै रुपरङ पाकेटमारको जस्तो लागेको थियो। गुजुङ मुजुङ परेको लामो कपाल, नकाटेको दार्ही तर केही नभनी भाडा तिर्दिएँ। फिर्ता आउँला भन्ने के आस? मलाई फिर्ता चाहिएको पनि थिएन। तर एक दिन ब्रिटिश काउन्सिल अगाडि फेरि टुप्लुक्क भेट भयो। उस्तै गुजुङ मुजुङ परेको लामो कपाल, नकाटेको दाह्री। तर त्यो दिन मेरो चप्पल चुँडिएको थिएन, उस्को वालेट पनि हराएको थिएन। उस्ले चियाको प्रस्ताव गर्यो, मैले नाई भनिन।
यसरी झाँगीदै गएको थियो हाम्रो भेट। तिनै भेटहरु सम्बन्ध बन्यो। तर सबै सम्बन्ध दिन वा रात जस्ता कहाँ हुन्छन र? कुनै साँझ जस्ता पनि हुन्छन्। हाम्रो सम्बन्ध पनि साँझ थियो। अब छिट्टै रात पर्ने छ भन्ने थाहा हुँदा हुँदै पनि क्षितिजलाई सिंँदुरे रङले रङाउँदै थियो।
आकाशका बाऊ आमा थिएनन्। काकाको घरमा हुर्किएको। 'अलिक सक्ने भए पछी एक्लै बस्न थालें', कुरै कुराको शिलशिलामा उस्ले भनेको थियो एकदिन। 'सम्बन्धको बन्धन छैन मलाई। म स्वतन्त्र छु', ऊ बारम्बार भन्ने गर्थ्यो। साँच्चै ऊ मेरो परिधीमा खुम्चीएन। खुम्चिन सक्दैन भन्ने थाहै थियो। उस्लाई संसार हेर्नु थियो। दर्शन पढ्नु थियो। म उस्को परीधिमा फैलिन चाहिन। मैले संसार देखी सकेकी थिए। दर्शन पढ्न मन थिएन। उस्लाई पनि थाहै थियो। अनी एक दिन रहरहरुको माला भिरेर ऊ बिदेश हिंड्यो। ऊ हिंडेको दिन मेरा आँशु झरेनन। त्यसै त्यसै घामका किरणहरुबाट न्यानोपन हराए जस्तो भयो।
***
त्यसको केही महिना पछी मेरो पनि बिहे भयो। मैले चाहे जस्तो सरल जीवन पाएकी थिएँ। तर आकाश मलाई ईमेल पठाइरहन्थ्यो बेला बेलामा। कहिले आफ्ना हरेक कृयाकलापहरु बयान गरेर। कहिले रुमी र गालीबका कबिता टाँसेर।
कहिलेकाहीं मलाई लाग्थ्यो म उस्को डायरी हुँ जस्ले चुपचाप उस्का कुरा सुनीरहन्छ। मेरो बिहे भएदेखि मैले कबिता लेख्न छोडिदिएँ। मेरो बुढो कबिता बुझ्दैन थियो।
सामान्य जीवनको सामान्य दिनचर्यामा खुसी नै थिएँ म तर, म आमा बन्न सकिन। डाक्टरलाई नदेखाको पनि होइन। 'तपाइँमा हैन, तपाईंको श्रीमानमा कमजोरी छ', भने।समस्या समाधान गर्न नखोजेको पनि हैन, तर सकिएन। तिनै असफल प्रयासको झिल्कोले हाम्रो सम्बन्धमा प्वाल पर्यो अनी उध्रिन थाल्यो।
पुरुष अहमले लत्पत्तिएको मेरो बुढोको मानसिकता मैले पखाल्न सकिन। अनी म बिद्रोही भैदिएँ। 'आईमाई भएपछी सहन जान्नुपर्छ' मेरो बुढो पुरुष भैरह्यो । मेरो बुढो दिन प्रतिदिन पुरुष हुँदै गयो, म दिन प्रतिदिन बिद्रोही हुँदै गएँ।
अस्तित्वको संघर्षमा सम्मान धुजा धुजा भएर च्यात्तियो। सम्बन्ध जेल बन्यो, म दोषी ठहरीएँ, अरु सबै न्यायाधीश भए। अनी अनुभवको खोक्रोपन बोकेर म पनि बिदेश हिँडे।
अचेल म स्वतन्त्र छु। मेरी छोरी छे। म कसैको शन्कालु आँखाको काठघरामा उभिनु पर्दैन। यहाँ मेरो चरित्रको पुर्पक्ष हुँदैन। मैले कसैलाई मेरी छोरीको बाऊको सफाइ दिनु पर्दैन। पुराना अनुभवको खोक्रोपनलाई मेरी छोरीले नयाँ नयाँ अनुभवहरुले भरीदिन्छे। तर मैले आकाशलाई यि सबै कुरा भनिन। किन भनौ? 'देखिस त मैले भनेको थिएँ नि', भनेर उस्ले खिस्याउने छ। दर्शनका अनेक कुरा गरेर आफ्नो जीत प्रदर्शन गर्ने छ। आखिर ऊ पनि पुरुष नै त हो नि। अचेल म कबिता लेख्छु, कबितै पढाउँछु। मेरी छोरीका निला आँखा छन। ति आँखा हेर्दा लाग्छ सबै परीधिहरु नाघेरे बगिदिउँ। अनी म बगिदिन्छु, शब्द शब्द बनेर।
तर आकाश मलाई त्यसैगरी ईमेल पठाउँथ्यो, ईमिली डिकीन्सन र खलील गिब्रानका कबिता लेख्थ्यो। म उस्लाई मेरा कबिता लेख्दिन थिएँ।
'म नेपाल आउँदै छु। तिम्रो पारिवारिक जीवनमा बाधा पार्दैन भने हामी एकचोटी भेट्न सक्छौं ?' एकदिन उस्ले अचानक सोध्यो। उस्को प्रश्नले म आत्तिएँ। गएको छ बर्षदेखी म ऊबाट केवल पाँच घण्टाको दूरीमा थिएँ। तर यो कुरा मैले उस्लाई कहिल्यै भनिन। मलाई एकाएक बिच बजारमा नाङै भए जस्तो लाग्यो।
'किन भेट्नु पर्यो र यत्तिका बर्ष पछी? हाम्रो सम्बन्धलाई फरछ्यौटको आवश्यकता छ र? ' मैले सोधें।
'घमण्डी केटी!' उस्ले लेखेन। मलाई उस्को मौनताले कुटुकुटु खाइरह्यो। २ महिना जती पछी फेरि उस्को ईमेल आयो। ईमेलमा उस्ले रुमिको कबिताको केवल एक हरफ लेखेको थियो।
'Out beyond ideas of wrong doing and right doing there is a field, I will meet you there.'
उस्को लेखाइले मलाई ससन्कित बनायो। उस्ले काम गर्ने युनिभर्सिटीमा फोन गरें। त्यहींबाट थाहा भयो उस्लाई हस्पिटलमा भर्ना गरेको कुरा। छोरीलाई लिएर म उस्को शहरतर्फ हुँइकिए। हस्पिटल पुगेर सोधखोज गरेर उस्लाई राखेको फ्लोर पत्ता लगाएँ। फेरि उस्को फ्लोरमा पुगेर उस्को रूम नम्बरको बारे सोधखोज गरें। अगाडि डेस्कमा बसेकी नर्सले कम्प्युटरमा हेरेर भनी '१०९'। त्यही नर्सलाई सोधें उस्लाई के भएको भनेर?
'तिमी बिरामीको को हो?' उस्ले सोधी। हुन त त्यो प्रश्न उस्को कामको प्रकृया मात्रै थियो। तर उस्को प्रश्नको सजिलो उत्तर मसँग थिएन। म कसरी बुझाउन सक्थें र ऊ मेरो साँझको क्षितिज अनी बिहानीको शीत हो भनेर। म केही बोल्न सकिन। नर्सले फेरि सोधी।
'साथी' मैले बिस्तारै भनें।
'माफ गर उस्को स्थितिको जानकारी हामी उस्को परिवारलाई मात्रै दिन सक्छौ', उसले फेरि उही प्रकृयागत लयमा भनी।
उस्को परिवारको बारेमा त आकाशले मलाई कहिले केही भनेको थिएन। मैले मात्रै लुकाएको हैन रहेछ । उस्का पनि छोरा छोरी होलान्, श्रीमती होली। उस्को श्रीमतीलाई म उस्को को भनेर चिनाउनु? किन म हामफाल्दै आएको होला? म आँफैमा पिल्सिएँ। थचक्क बस्न मन लाग्यो।
'उस्का अरु त कोही रहेनछन यहाँ। उस्को कजन आएका छन', नर्सले आँफै भनी। एकछिन राहत भयो।
उस्को कजनलाई म उस्को को भनेर चिनाउनु? मलाई फेरि उही समस्या आइलाग्यो। 'साथी भन्दिन्छु' त्यही सोचें।'म पनि त्यही रूममा जान लागेको' नर्सले भनी। मैले छोरीलाई डोर्याउँदै उस्लाई पछ्याएँ। रूममा पुगेर नर्सले उस्लाई 'तिमिलाई भेट्न आएका छन', भनी। उस्ले बिस्तारै आँखा खोलेर हामीतिर हेर्यो अनी हाँस्न खोज्यो। नर्स आफ्नो काम गर्न लागि। उस्का सिथिल आँखा अचम्भीत भएनन तर अनुहारमा खुसीको एक लहर दौडियो। उस्ले केहीबेर मलाई हेरीरह्यो, हामीलाई शब्दको खडेरी पर्यो। अनी मेरी छोरी तिर हेरेर ऊ सानो स्वरमा कुरा गर्न थाल्यो।
'तिम्रो नाम के हो?'
'प्राप्ती'
यत्तिकैमा उस्को बाहिर गएको कजन आइपुग्यो। उस्ले त्यही सानो स्वरमा मलाई परिचय गरायो, 'मेरो काकाको छोरा, सुशील'। मैले असहज भएर हेरीरहें। सुशीललाई मेरो परिचयको आबस्यकता थिएन। ऊ मेरो पहिलेको बुढो थियो।
अस्तु

###
0 comments
Write Down Your Responses