बाबुरामले भने-सामाजिक सञ्जाल गालीगलौज मुक्त बनाऊँ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
काठमाडौं : एमाओवादीका नेता बाबुराम भट्टरार्इ सामाजिक सञ्जालार्इ गाली गलौजमुक्त क्षेत्र घोषणा गरिनुपर्ने नयाँ धारणा अघि सारेका छन् ।
संविधान निर्माणमा असफल हुँदै आएका उनीसहितका दलीय नेताहरुको सामाजिक सञ्जालमा निरन्तर आलोचना भएपछि उनले बुधबार सामाजिक सञ्जालकै आफ्ना धारणा राख्दै गालीगलौजमा नउत्रन आग्रह गरेका हुन्
भौतिक वातावरण स्वच्छ र स्वस्थ राख्न 'खुला दिसामुक्त क्षेत्र' घोषणा गरिएझै सामाजिक सञ्जाल पनि स्वस्थ र स्वच्छ राखिनुपर्ने उनको भनाइ छ ।
'भौतिक वातावरण स्वच्छ र स्वस्थ राख्न 'खुला दिसा मुक्त क्षेत्र' घोषणा गरिए झैं मानसिक वातावरण स्वच्छ र स्वस्थ राख्न सोसल मिडियालाई 'अश्लीलता र गालीगलौज मुक्त क्षेत्र' घोषणा गरे कसो होला?', उनले फेसबुकमा भनेका छन् ।
नेता भट्टरार्इका फेसबुक पेजमा आठ लाख १९ हजारले लाइक गरेका छन् । उनको ट्वीटरमा एक लाख ५६ हजार फलोअर छन् ।
उनले सामाजिक सञ्जालमा गर्ने टिप्पणीलार्इ लिएर उनी आलोचित हुने गरेका छन् । उनीमाथि सामाजिक सञ्जालमा पछ्याउनेहरुले असभ्य गाली गर्दै कमेन्ट गर्न थालेपछि उनले सामाजिक सञ्जाल स्वच्छ बनाउने कुरा ल्याएका हुन् ।

###
0 comments
Write Down Your Responses