भारतीय वन रक्षकले नेपालीमाथि गोली चलाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : बर्दियामा  जिल्लास्थित नेपाली भूमिमा छिरेर भारतीय वन रक्षकले शनिबार दिउँसो नेपालीमाथि गोली हानेका छन्  ।

भारतको मुर्तिया रेञ्जपोष्टबाट नेपाली भूमिमा छिरेका वन रक्षकको समूहले नेपाली कृषक रमेश लोधमाथि गोली हानेका हुन् । भारतीयले हानेको गोली छर्राले लोधको आँखा र निधारमा चोट लागेको छ ।

बर्दियाको नेपाली सिमास्थित दशगजाबाट ५ सय मिटर भित्रको नेपाली भूमिमा हतियारसहित छिरेका भारतीय वन रक्षकले नेपालीमाथि ज्यादती गरेका हुन् ।

बर्दिया सदरमुकामबाट करिब ५ किलोमिटर दक्षिण भारतसँग सिमा जोडिएको दशगजासँगैको नेपाली भूमिको खेतमा लगाइएको मुसुरो काट्न गएका नेपालीहरुमाथि भारतीयले ताकेरै गोली हानेका थिए ।

स्थानीय सीताराम लोधको खेतमा मुसुरो काट्न गएको अवस्थामा कृषकहरु भेरी लोध, बुद्धि लोध,  चोपो लोध र रमेश लोधमाथि निशाना बनाएर भारतीय वनरक्षकले बाह्र बोरको बन्दुकबाट ५ राउन्ड गोली हानेको पीडितहरुको भनाइ छ ।

गोली लागेर घाइते भएका लोधलार्इ उपचारका लागि जिल्ला अस्पताल बर्दियामा भर्ना गरिएको छ । भारतीयले नेपालीमाथि ज्यादति गरेपछि जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको आकष्मिक बैठक बसेको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z