ल्याएको एक महिनामै निगमको नयाँ जहाज बिग्रिएर थन्कियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ : भित्र्याएको एक महिनामै नेपाल वायुसेवा निगमको नयाँ एयरबस 'सगरमाथा' ग्राउन्डेड भएको छ। गम्भीर प्राविधिक समस्याका कारण उड्न प्रतिबन्ध लगाउनुलाई उड्डयनको भाषामा 'ग्राउन्डेड' भनिन्छ।
निगमले माघ २५ गते यो एयरबसलाई काठमाडौँमा दुलही सरी भित्र्याएको थियो। ठीक एक महिना अर्थात् फागुन २५ मा यो जहाज थन्किन पुगेको हो।
स्रोतका अनुसार जहाजको फिल्टर बिग्रिएको प्रारम्भिक अनुमान छ।
थाइ एयरवेजको जहाजबाट फिल्टर ल्याएपछि आजै बेलुकादेखि उडान सुचारु गर्ने तयारी भइरहेको निगम स्रोतले पहिलोपोस्टलाई बतायो। 'हिजोका यात्रुलाई हामी सकेसम्म आज साँझ उडाउँछौँ', स्रोत भन्छ।
जहाज बिग्रिएपछि निगमले हिजोका यात्रुहरुलाई होटलमा राखेको थियो। आजका यात्रुहरुलाई भने अर्कै एयरलाइन्सबाट उडाउने तयारी भइरहेको छ।
माघ २५ मा भित्र्याइए पनि यो जहाजले पहिलो व्यवसायिक उडान भने फागुन १५ मा बल्ल गरेको थियो। व्यवसायिक उडान थालेको १० दिन भए पनि चार दिन त टर्किस एयरलाइन्सको जहाज दुर्घटनाकै कारण विमानस्थल बन्द भएर यो जहाज विमानस्थलमा थन्किन पुगेको थियो।
अहिले यात्रुहरुको चापको बेला जहाज बिग्रिएपछि निगमलाई थप घाटा हुन पुगेको छ।

###
0 comments
Write Down Your Responses