गाउँसहरमा आन्दोलनको आँधीबेहरी ल्याउन प्रचण्डको निर्देशन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
'काठमाडौंमा बस्ने होइन, छिटो फिल्डमा जाऊ'

काठमाडौ: प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गाउँसहरमा पुगेर आन्दोलनको आँधीबेहरी ल्याउन निर्देशन दिएका छन्।


काठमाडौं छोडेर 'फिल्ड' मा तत्काल खटिन पार्टीका नेता तथा सभासद्लाई प्रचण्डले सामूहिक रुपमा निर्देशन दिएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा बसेको काठमाडौमा उपलब्ध नेताहरुको बैठकमा एक सय ५१ जनाको केन्द्रीय समिति र ८३ जना सभासदलाई प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन्।

आफू संयोजक रहेको ३० दलीय गठबन्धनद्वारा घोषित चैत २४,२५ र २६ गतेको आमहडताल र ६ माओवादी घटक दलद्वारा घोषित चैत २३ गतेको जनप्रदर्शनमा सक्रियतापूर्वक सहभागी हुन र गराउन प्रचण्डले निर्देशन दिएका हुन।

'सैद्वान्तिक रुपमा वार्ताको ढोका बन्द हुँदैन तर सत्ता पक्षले ठोस प्रस्ताव नल्याएसम्म वार्तामा बस्नुको अर्थ छैन'प्रचण्डको भनाई उघृत गर्दै पोलिटव्यूरो सदस्य नारायण दाहालले अन्नपूर्णसँग भने'तपाईहरु तोकिएका फि ल्डमा जानुस,जनतालाई बुझाउनुस,आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन लाग्नुस।' चैत २३ गतेका लागि बोलाइएको संविधानसभाको बैठकमा सहभागी नहुने जानकारी पनि बैठकमा प्रचण्डले गराएका थिए।

पश्चिमाञ्चलबाट काठमाडौ उपत्यकामा कार्यक्षेत्र बनाइएका नेता गणेशमान पुनले आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन योङ कम्युनिष्ट लिग (वाइसीएल)को बैठक राखेका छन। आमहडताल र ६ माओवादी घटकको जनप्रदर्शनलाई प्रभावकारी बनाउन अध्यक्ष प्रचण्डले दिएको निर्देशन अनुसार पुनले वाइसीएलको बैठक बोलाएका हुन।

सर्वोच्च अदालतको फैसलाको बिरोधमा ६ माओवादी घटकले चैत २३ गते मुलुकभर जनप्रदर्शन गर्ने निर्णय गरेका छन। 'अव फेरी आन्दोलन नउठाई सत्ता पक्ष सहमतिमा आउने देखिएन'पुनले अन्नपूर्णसँग भने'आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन युवाहरुको भूमिका बिशेष छ।' 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z