प्रेमविवाह गरेकी आठ महिने गर्भवतीको हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चरीकोट : दोलखामा एक गर्भवती युवतीको हत्या भएको छ । भुसाफेदा–६ र्पोसवकी–८ महिने गर्भवती १७ वर्षीया लालुमाया तामाङको सोमबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङको ढुङ्गा र कोदालोले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । उनको हत्या परिवारकै सदस्यले गरेको आशंकामा प्रहरीले मृतकका पति १८ वर्षीय चतुरसिंह तामाङ, ससुरा असलमान र सासु फुलमायालाई पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक जीवन लामाले जानकारी दिए ।

सोमबार राति भएको घटनाको जानकारी मंगलबार बिहान थहा पाउनेवित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले बुधबार घटना सार्वजनिक गरेको हो ।

घर नजिकैको जंगलको एकान्तमा गोठमा बसेकी लालुको शव ढुङ्गा र कोदालोले टाउकोमा हत्या गरी घिसारेर डेढसय फिट तल फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

२०७० माघमा लालुले चतुरमानसँग प्रेमविवाह गरेकी थिइन् । उनलाई नस्वीकारेको परिवारबाटै हत्या भएको मृतकका दाजु बीरवहादुर तमाङ आरोप लगाएका छन् ।

उनीहरुले मागापौवाको दुर्गा उच्चमाविमा पढ्दा पढ्दै प्रेमविवाह गरेका थिए । प्रेमविवाह पछि परिवारको अपहेलना परेकी लालु पछिल्लो समयमा पतिबाटसमेत अपहेलित भएको मृतकका आफन्तले बताएका छन् ।

मृतकका पति र परिवारले भने हत्या आफुहरुले नगरेको बताएका छन् । हत्याबारे गम्भीर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z