यमनमा २५ नेपाली अलपत्र
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : गृहयुद्धमा फसेको अरेबियन मुलुक यमनमा कम्तिमा २५ नेपाली अलपत्र परेका छन्। यमनको प्रमुख सहर अडेनमा कम्तीमा ११ जना र अर्को शहर सानामा १४ जना नेपालीको जीवन जोखिममा रहेको पाइएको छ।

यमनमा कामदार पठाउन नेपाल सरकारले अनुमति दिएको छैन। कामदार पठाउन प्रतिबन्धित मुलुक भएकाले कति जना कामदार अवैध तरिकाले गएका छन् भन्ने बारेमा जानकारी नभएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ।


राष्ट्रिय मानव अधिकार आयोगका अनुसार हाल त्यहाँ अलपत्र परेका २५ जनामध्ये अडेन सहरबाट स्याङजाका मनोज भट्टराईले आयोगमा सम्पर्क गरी नेपालीको उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।

आयोग सदस्य सुदिप पाठकले दिएको जानकारी अनुसार आयोगले परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई पत्र पठाई यमनमा रहेका नेपालीको उद्धारमा पहल गर्न आग्रह गरेको छ।


यमनमा जताततै असुरक्षा रहेकाले नेपाली जहाँ बसेका भए पनि जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धार गर्न आयोगले आग्रह गरेको हो। यमनमा नेपाली दूतावास छैन।

'भारत सरकारले यमनमा रहेका आफ्ना कामदार उद्धार गर्न पानी जहाज र हवाई जहाज पठाइसकेको छ। नेपालले पनि भारतसँग सहयोग मागेर भए पनि नेपालीको उद्धारका लागि पहल गर्न आयोगले माग गरेको छ।

परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले १४ जना नेपाली अलपत्र परेको र उनीहरू सम्पर्कमा आएको पुष्टि गरेका छन्।

भारतका करीब चार हजार नागरिक त्यहाँ रहेको र उनीहरूको उद्धारका लागि भारतले पठाएको पानीजहाजमा नेपालीलाई पनि फिर्ता ल्याउन आवश्यक पहल आफूले पहल गरेको उनले जानकारी गराएको आयोगले बताएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z