विजयी भए सभासद्मार्फतको सबै तलबभत्ता जनतालाई दिन्छु : केसी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बाग्लुङ, चैत २७– बाग्लुङको उपनिर्वाचनमा एमाओवादीका उम्मेदवार रहेका स्थानीय नेता कृष्णबहादुर केसीले आफू यस क्षेत्रबाट निर्वाचित भए सभासद्मार्फत आउने मासिक तलबभत्ता आफूले नलिई गरिब, पीडितलाई र स्वास्थ्य, शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् ।
केसीले सभासद् कोषबाट पाउने तलबभत्ता बाटोघाटो, दलित, उत्पीडित वर्गजस्ता क्षेत्रमा खर्च गर्र्ने बताएका हुन् । ‘म विजयी भएँ भने मैले पाउने सभासद्भत्ता क्रमशः विभिन्न गाविसमा खर्च गर्नेछु,’ चुनावी अभियानमा बाग्लुङमा रहेका सभासद् केसीले रातोपाटीसँग भने, ‘जनतामा राजनीतिप्रति वितृष्णा जागेको छ, वितृष्णा हटाउन नेताले जनताका पक्षमा काम गर्न आवश्यक छ । मैले चुनाव जित्नकै लागि अन्य नेताले जस्तो सोझा जनतालाई प्रलोभनमा पारी पैसा बाँड्ने छैन ।’
यस क्षेत्रका सभासद् हरि खड्काको गाडी दुर्घटनामा निधन भएपछि २८ चैतका लागि उपनिर्वाचन घोषणा गरिएको हो ।

###
0 comments
Write Down Your Responses