धनगढीमा मुटुरोग निशुल्क स्वास्थ्य शिविर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
'खाना खाएर दिउँसो सुत्‍ने मानिसमा मुटुरोग समस्या बढी'

धनगढी : सेती अञ्चल अस्पतालमा मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहीबार देखि सुरु भएको शिविर शनिबार सकिएको हो । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), जयन्ती मेमोरियल ट्रष्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन बारियोथेरापी सेन्टर, नेपालगञ्ज मेडिकल कलेज, अन्नपूर्ण पोस्ट् दैनिक र सेती अञ्चल अपतालले संयुक्त रुपमा शिविरको आयोजना गरेका हुन।
 

पछिल्लो समय, सुदूरपश्चिममा मुटुरोगीको संख्या बढेको र ग्रामीण क्षेत्रका बासिन्दाले राजधानी सम्म पुगेर विषेशज्ञ सेवा लिन महंगो हुने भएकाले, शिविरको आयोजना गरिएको आयोजक रुडुकका कार्यक्रम संयोजक मधु राणाले जानकारी दिए। बिहीबार , शुक्रबार र शनिबार झण्डै १५ सय जनाले मुटुको जाँच गराएका छन्।

शनिबार वरिष्ठ मुटुरोग विषेशज्ञ डाक्टर भगवान कोइराला सहितका १० जना मुटुरोग विषेशज्ञ डाक्टरहरुको टोलीले विरामीको जाँच गरेका थिए। बिहीबार र शुक्रबार साधारण चेकजाँच गरी मुटुरोगीलाई मात्रै शनिबार बोलाइएको थियो। बिहीबार झण्डै चारसय जनाले मुटुरोगको उपचार पाएका छन् ।

पछिल्लो समयमा नेपालमै, मुटुरोगीको संख्या बढिरहेको वरिष्ठ मुटुरोग विषेशज्ञ डाक्टर भगवान कोइरालाले बताए । ‘नेपालमा सुर्ती र मदिराजन्य पदार्थका कारण मुटुका विरामीको संख्या बढीरहेको छ’ उनले अन्नपूर्णसँग भने। ‘नेपालमा विश्वमै कडा कारवाही हुने सूर्ती जन्य पदार्थ विरुद्धको कानुन बनाइएको छ, तर त्यो कार्यान्वयन भएको छैन ।’

कोइरालाले अब मानिसले आफै आफ्नो मुटु जोगाउनेतिर लाग्नुपर्ने बताए।  उनले नियमित ब्यायाम गर्ने, सुर्ती र मदिराजन्य पदार्थ नखाने, सरसफाइमा ध्यान दिने गर्नाले मात्रै पनि धेरै हदसम्म मुटुरोगबाट बच्न सकिने उनको भनाइ थियो ।

सुदूरपश्चिमका विरामीहरु, मुटुरोग अन्तिम अवस्थासम्म पुग्दा पनि चेकजाँचमा नआउने भएकाले पनि धनगढीमा शिविर राखेको डाक्टर कोइरालाले बताए । गतवर्ष कैलालीकै अत्तरियामा एकहजार जनाले मुटुरोगको जाँच गराएका थिए ।

‘सुदूरपश्चिमबाट धेरै जनाको सल्यक्रिया गर्नुपर्ने देखिएको छ, त्यो राजाधानीमा मात्रै सम्भव हुन्छ, त्यसैले धनगढीमा उपचारमा आएका धेरैलाई सल्यक्रियाका लागि काठमाडौं बोलाइएको छ’ डाक्टर कोइरालाले भने । ‘तर त्यस मध्य पनि धेरै कमले उपचारमा आउने भएकाले समस्या देखिने गरेको छ ।’

शिविरमा संलग्न मुटुरोग विषेशज्ञ डाक्टर अमीत श्रेष्ठले बताए । उनले गरिबीको रेखामुनी रहेका ब्यक्तिलाई, बढी मुटु रोग हुने गरेको बताए । ‘सरसफाईको कमीका कारण मुटुरोग हुने गरेको छ, त्यस्तै खाना खाएर दिउँसो सुत्ने मानिसमा पनि मुटुरोग देखा परेको छ’ उनले भने । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z