तपाईको मोबाइल कति खतरानाक ? यसरी पत्ता लगाउनुस् र जोगिनुस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
स्मार्टफोनहरू साइलेन्ट किलर साबितर हुन सक्छ । चाइनिज समेत केही प्रख्यात कम्पनीका यस्ता मोबाइल ह्याण्डसेटले बजार छपक्कै छोपेको छ । तर, यीनले निकाल्ने रेडियशनले भने हाम्रो स्वास्थ्यलाई निकै बेफाइदा गर्ने गर्छ । मोबाइलले निकाल्ने रेडियसनको मात्रालाई जाँच्नका लागि *#७०# डायल गर्नुपर्ने हुन्छ । यो नम्बर डायल गरेपछि मोबाइल स्क्रिनमा रेडियशनको मात्रा कति छ भन्ने देखिन्छ ।
मोबाइलमा रेडियशनको मात्रा १.६ वाट/किलोग्राम भन्दा बढि हुनु हुँदैन । तर, प्रतिष्पर्धा गर्ने र कम मूल्यमा मोबाइल बजारमा ल्याउने नाममा प्रायः सबै कम्पनीहरूले बजारमा ल्याउने गरेका मोबाइलमा रेडियसनको मात्रालाई वेवास्ता गरेको पाइन्छ ।

सेल्युलर टेलीकम्युनिकेशन एण्ड इन्टरनेट एसोशियशनका अनुसार सबै मोबाइल ह्याण्डसेटमा रेडियशन सम्बन्धि जानकारी दिनु जरूरी हुन्छ । तर, सबै कम्पनीहरुले यसलाई वेवास्ता गर्ने गरेका छन् ।
नेशनल इंस्टिच्युट अफ इलेक्ट्रोनिक्स एण्ड इन्फरमेशन टेक्नोलोजी(निलेट)का मुख्य वैज्ञानिक निशान्त त्रिपाठीका अनुसार धेरै रेडियसन फ्याक्ने मोबाइलहरूको प्रयोगले सुन्ने क्षमतामा कमीका साथै मानसिक समस्या समेत ल्याउने र केही घातक बिमारी समेत हुने आशंका गरिएको छ ।
विशेषज्ञहरूको सुझावः-

  • लामो समयसम्म कुरा गर्नका लागि एकै कानको प्रयोग नगर्ने
  • मोबाइललाई चार्जमा जोडेर कुरा नगर्ने, यस क्रममा रेडियशनको लेवल १० गुणाले बृद्धी हुने गर्छ ।
  • राम्रोसँग टावर नटिपेको वा ब्याट्री कम भएका बेलामा कुराकानी नगर्नु राम्रो हुन्छ । यस बेलामा पनि रेडियसनको लेवल निकै बढ्ने गर्छ ।
  • सकेसम्म हेडफोनको प्रयोग गर्ने ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z