लुम्बिनी विकासमा चीनले सघाउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : नेपालको तीनदिने अनौपचारिक भ्रमणमा रहेका चिनियाँ धार्मिक मामिलासम्बन्धी मन्त्री वाङ्चुओनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्।
राष्ट्रपति रामवरण यादवसँग आइतबार भएको भेटमा चिनियाँ मन्त्री वाङले लुम्बिनीको विकासमा चीनको चासो प्रकट गरेका हुन्। उनले लुम्बिनीमा बनाइएको चिनियाँ गुम्बाको स्तरोन्नति गर्ने प्रक्रियामा आफूहरू रहेको जानकारी पनि गराए। चीनको सान्या सहरजस्तै लुम्बिनीको विकास गर्न आफूहरू तयार रहेको उनले बताएका थिए।
राष्ट्रपति यादवले चीनको हाइनान प्रान्तमा गत साता आयोजित बोआओ सम्मेलनमा सहभागी हुन जाने क्रममा सान्या सहरको समेत भ्रमण गरेका थिए।
शीतलनिवासमा भएको भेटमा वाङले चीनको सेन्जेनमा निकट भविष्यमा हुन लागेको बुद्ध सम्मेलनमा सहभागी भइदिन राष्ट्रपतिलाई निमन्त्रणा पनि दिएका थिए। राष्ट्रपति यादवले चीनले नेपाललाई पु:याइरहेको सहयोगका लागि धन्यवाद दिएका थिए।
चिनियाँ मन्त्रीले आइतबारै पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यसँग मन्त्रालयमा भेट गरेको अमात्यका स्वकीय सचिव चन्द्र तामाङले बताए।
चिनियाँ मन्त्री वाङले आइतबारै तीनकुनेस्थित कान्तिपुर अस्पतालमा चिनियाँ चिकित्सकहरूको सहयोगमा निर्मित च्यारिटी क्लिनिकको पनि उद्घाटन गरे। ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका वाङ आइतबारै लुम्बिनी पुगेका छन्।
नेपालस्थित चिनियाँ दूतावासको आग्रहमा परराष्ट्र मन्त्रालयले मन्त्री वाङको भ्रमणको सहजीकरण गरेको भए पनि राष्ट्रपति कार्यालय तथा पर्यटनमन्त्री अमात्यसँगको भेटमा मन्त्रालयका कुनै अधिकारी उपस्थित थिएनन्।

###
0 comments
Write Down Your Responses