कामदारसित अतिरिक्त रकम असुल्ने व्यवसायी कालोसूचीमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कतार र नेपालबीच वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई अनुगमन गर्ने तथा कालोसूचीमा राख्ने सहमति भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्ला बिन सलिह अल खुलाइफी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको यहाँ सम्पन्न द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।
वैदेशिक रोजगारीमा कतार जाने नेपालीबाट अतिरिक्त रकम असुल्ने रोजगार व्यवसायीहरूलाई नेपाल र कतार सरकारले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कतारले आप्रवासी कामदारको सुरक्षा, बिमा, उपयुक्त कार्यस्थलका साथै सामाजिक सुरक्षासँग सम्बन्धित सबै विषयमा ध्यान दिने तथा सरकारले हालै आप्रवासी कामदारका समस्या सम्बोधन गर्न कानुन संशोधन गरेको जानकारी वार्ताका क्रममा दिएको श्रम तथा रोजगार मन्त्रालयले मंगलबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

###
0 comments
Write Down Your Responses