रौतहटमा प्रदर्शनले हिंसात्मक रुप लियो, झडपमा सात प्रहरीसहित ३५ घाइते (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रौतहट, चैत्र २१ । विरोध प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले रौतहटको सदरमुकाम गौरमा कफ्र्यु आदेश जारी गरेको छ ।
स्थानीय प्रशासनले दिउँंसो २ बजेपछि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरे पनि स्थानीयबासिन्दाले कफ्र्यु अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच पनि ठाउँ ठाउँमा झडप भएको हाम्रा संवाददाताले जनाएका छन् । झडपमा ५ प्रहरीसहित कम्तीमा ३५ जना घाइते भएका छन् ।
सरकारले सेवा केन्द्र विस्तारको निर्णय फिर्ता लिए पनि भाटासहित ठूलो संख्यामा आएका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।
गौरको बीपी चोकमा भएको झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।
शुक्रबार राति प्रहरीको भ्यानको ठक्करबाट स्थानीय रामआशिष ठाकुरको मृत्यु भएपछि स्थानीय झनै आक्रोशित बनेका हुन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z