जनताको जित नहुँदासम्म आन्दोलन चलिरहन्छ: अध्यक्ष दाहाल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र २१ ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मागहरु पुरा नहुदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
३० दलिय मोर्चाले आज काठमाडौंमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको घट्नाक्रमलाई नियाल्दा यो लडाई दिर्घकालीन हुने उनले बताए ।
justify;">उनले जनताको जित नहुदासम्म आन्दोलन चलिरहने समेत बताए ।
आफुहरुका जुनसुकै मागलाई पनि सत्तापक्षले बेवास्ता गरेको भन्दै प्रचण्डले ७ प्रदेशमा तयार हुने अबस्था आएमा कांग्रेस एमालेले त्यसलाई पनि नमान्ने दावी गरे ।
कांग्रेस एमालेले संविधानसभाबाट संविधान जारीनै गर्न नखोजेको उनको आरोप छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला एमाले अध्यक्ष केपी ओली बिगतको जन आन्दोलन बिरोधी भएको आरोप लगाउदै अध्यक्ष प्रचण्डले प्रमुख पार्टीकै कारण अहिले पनि समस्या आएको बताए ।
सहमतिका लागि आफुहरु बालकोट र बालुवाटार धाएपनि कांग्रेस एमालेका नेताहरु सक्रिय नभएको समेत उनको जिकिर छ ।
ठुला मिडियाहरुले समेत बिषयबस्तुमा नगइकन एकोहोरो कांग्रेस एमाले संविधान निर्माणको पक्षमा रहेको र एकीकृत माओवादी लगाएतका ३० दल संविधान निर्माणको बिपक्षमा रहेको भन्ने प्रचार गरेको बताए ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले आर्थीक विकासका लागी बन्द हड्तालले समस्या पार्ने भएकोले आन्दोलनको स्वरुप परिबर्तन गर्न आग्रह गरे ।
नेपाल उद्योग परिषदका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले अब नेपालमा निराशा बाड्ने काम भन्दा पनि समृद्धीको बाटो जरुरी रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरे ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z