प्रचण्डलाई पत्रः प्रचण्ड जी जीवनमा कति गल्ती गर्नुहुन्छ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
क.प्रचण्ड अभिबादन,
चारैतिर युद्धको विभिषिकाबीच मैले स्कूलका दिनहरु बिताए । संयोग नै भनौं, मैले एसएलसी दिनु र तपाईहरु शान्ति प्रक्रियामा आउनु सँगसँगै हुन पुग्यो । देशको देशको राजनीतिक स्थिति बाट हर्षित भएर मेरो बाबाले काठमाडौंको अमृत क्याम्पसमा बिज्ञान पढ्न मलाई पठाउनु भयो ।
इो अर्को संयोग भनौं काठमाडौं आगमनको भोलिपल्टै नयाँ बजार स्थित तपाईको निवासमा (प्रधानमन्त्रीको सपथ ग्रहन अघिको दिन) शुभकामना आदानप्रदान कार्यक्रममा मैले तपाईसँग केही कुरा गरेको सम्झिन्छु । तपाईले झनै उस्साह थप्दै भन्नु भएको थियो–करियर र सोच राम्रो रहेछ ।
एक जना दार्शनिकले भन्नुभएको थियो– “मानिसहरु आउछन् ,मानिसहरु जान्छन् तर केही यस्ता पनि आउछन् ,जसले हाम्रो हृदयमा यस्तो छाप छाड्छ्न,त्यस पछि हामी पहिले झै हुनै सक्दैनौं” हो मेरो जीवनमा दार्शनिकले भनेझैं “केही मानिस तपाईं हुनुभाथ्यो,हुनुहुन्छ र हुनुहुने छ्र ।”
कमरेड,
१० बर्षे महान जनयुद्ध, बिस्तृत शान्ति सम्झौता अन्ततः अन्तरिम संविधान मार्फत देशमा धर्म निरिपेक्षता, छुवाछुतमुक्त नयाँ नेपाल जस्ता राजनीतिक परिवर्तन तपाईहरुकै मुद्दामा टेकेर भएका थिए । गणतन्त्र, संविधानसभाको निर्वाचनलागतयतका विभिन्न चुनौती र अबरोधहरुलाई सामना गर्दै गणतन्त्र नेपालको पहिलो प्रधान मन्त्री पनि बन्नु भो ।
सपथ ग्रहण देखी सेनापती प्रकरणसम्म आइपुग्दा बहादुर गोर्खेले गर्ने काम गरेर नेपाली जनताको आँखाको नानी बन्नु भएको थियो । तर हजुरकै शब्दमा भनौ, ‘बिस्तारवाद,साम्राज्यवाद अनि देशका पुँजीपति नोकरशाह मिलि’ एक्लो बनाए, अन्ततः भिडन्तको स्थिति आयो, देशलाई युद्धबाट जोगाउन मैले प्रधानमन्त्रीको पद त्याग गरि जनतामा आए”
मलाई के लाग्छ भने तपाईको यो निर्णय नै तपाई र सिंो आन्दोलनको करियरका लागि डरलाग्दो गल्ती थियो किनभने त्यो १० बर्ष युद्ध थिएन । युद्ध त हरेक चरणमा हुन्छ, अहिले पनि नेपाली जनता लडि नै रहेका छन् । यसरी सरकारबाट हट्ने कार्य कायरता या सम्झौताको सुरुवात थियो भलै त्यसको नियत असल भएपनि ।
चर्चित लोकगायक बर्दी पङेनी गाउँ–गाउँमा गएर गाउनु हुन्थ्यो नि– एउटा गल्ती भयो हजुर, पिरतिको जालमा परियो, त्यो भन्दा नि ठुलो गल्ती हतारैमा बिहे गरियो, सबै भन्दा ठूलो गल्ती धनीसँग बिहे गरियो߄ । यस्तै छन हजुरका गल्तीहरु पनि, पङेनीकै लयको शैली भनौं, पहिलो गल्ती तपाईको नेतृत्वको सरकारबाट हट्नु थियो, त्यो भन्दा ठुलो गल्ती जनसेना र हतियार बुझाउनु थियो, सबै भन्दा ठूलो गल्ती आफ्नो पार्टीको अनुकुलता बेगर पनि दोस्रो संविधानसभा चुनाबमा भाग लिई हार बिहोर्नु थियो ।
लेनिनले भन्नुभएको थियो–‘राजनीतिमा एक दुईवटा गल्तीहरुलाई सामान्य मानी हल गर्नु पर्छ’ । गल्तीहरु सबैबाट भए, यसबाट पाठ सिक्दै आ–आफ्ना गल्तीहरुलाई आत्मसात गर्नृ, इतिहासले छुट्याउने गल्तीहरुलाई इतिहासकै जिममा जोडेर कम्युनिष्ट बिरोधीहरुसँग याचनाको भाषामा होइन, डटेर, जुटेर मात्रै जितिन्छ भन्ने बिश्वासका साथ अगाडि बड्ने प्रयत्न गर्नु सही हुनेछ । हाम्रा आलोचना र टिप्पणीहरुलाई तपाईले माथिको कुरा गर्दै फेरी हामी पार्टीप्रति बिश्वास राख्नेलाई निर्देशन पनि दिनु भो । कुनै न कुनै रुपबाट म पनि कस्सिए,
तर हामीजस्ता तपाई र क्रान्तिप्रति आशा राख्नेहरुले बारम्बार निराशा भोग्दै आएका छौं । कारण, हामीले बिभिन्न मौका र अवसरहरुलाई क्रान्तिकै उठानका रुपमा बुझ्यौं, जस्तो बहुमतिय प्रक्रियामार्फत संविधान दिने सरकारी रबैयाको विरुद्ध अन्तक्र्रियादेखी खबरदारी सभाको आयोजना गरियो, हामीले यो सभाले अर्को सभा र अर्को आन्दोलनको उर्जाका लागि काम गर्छ भन्ने सोच्यौं, तर अन्तिममा आएर यो सभा दबाब र सचेतनसभामा रुपान्तरित भयो । अहिले आम हडतालको घोषणा भएको छ, यो पनि कुनरुपमा विसर्जन हुने हो आशंका कायमै छ हामीहरुको मनमा ।
हामीले सोझोरुपमा बुझ्छौं– विपक्षीहरुका अडानमा यो वा त्योरुपमा हामीले यसरी नै सम्झौता गर्दा, उनीहरुको गुलिया कुरामा भुल्दा हामीले माथि भनेका थुप्रै गल्ती गर्दै आयौं । त्यसैले अहिले नि त्यस्तै हुने त होइन भन्ने चिन्ता लाग्छ ।
कमरेड प्रचण्ड,
म ४, ५ कक्षामा पढ्दा शायद, २०५७ तिरको कुरो होला, चर्चित जनमुक्ति सेनाका रुपलाल बोहरा क. आकाशले मलाई सुम्मसुम्याउदै मायालु पाराले सोध्नु भाथ्यो, “तिम्रो नाम के हो ?” वहाँको प्रश्नको जवाफ नदिई मैले सोधेँ–अंकल तपाईं प्रचण्ड भन्दा ठूलो हो ? उहाँले मायालु भाषामा भन्नू भो, “म जस्ता पार्टीमा हजारौं छौं, मैले त प्रचण्ड लाई देखेको पनि छैन ।” पार्टीको मोर्चामा लामबद्ध भइ करिब एक बर्षपछि कैलालीको लालबोझि पुलिस चौकी आक्रमणको बेला उहाँको सहादत भो । उहाजस्तै हजारौं हजार पार्टीको नीति र तपाईको निेर्दशन मानेर लड्नु भो । तपाईंलाई देख्ने हुटहुटी मनमा राखेर क्रान्ति र परिवर्तनका लागि शहादत हुने, हजारौ–हजार कर्मनिष्ट व्क्तित्वहरुको नेतृत्व हो तपाईं । मानिसहरुका लागि तपाईको झझल्कोले पनि उर्जा दिन्थ्यो, तपाईलाई भेट्न पाउने धोको र सपना हुन्थ्यो ।
तर परिस्थिति परिवर्तन भयो, कहाँनेर के गल्ती भयो, कहाँ के चूक भो, विरोधीहरुलाई उपयोगको नामा हामी आफै नराम्ररी उपयोग गरियौं जस्तो लाग्छ । झन् पार्टीभित्रै पनि अवस्था फेरिएको देखिन्छ । युद्धका कर्मठ, बलिदान गरेका कार्यकर्ताहरु उपेक्षित भए भने २, ४ महिना बाध्यता, रहर र आशले माओवादी बनेकाहरुलाई पद र प्रतिष्ठा दिएर यसरी प्रवेश गराइन्छ, मानौं, कि उनीहरु पूर्व बटालियन कमाण्डर हुन । यसले माओवादी आन्दोलनलाई बदनाम गर्ने, कमजोर बनाउने, आन्दोलनमा निराशा थप्ने काम गरेको छ भने विरोधीहरुलाई पनि पार्टी स्खलित भएको, सम्झौतावादी भएको, कांग्रेस एमाले जस्तै अवसरवादीहरुको झूण्ड भएको आरोप लगाउने मौका दिइरहेको हुन्छ ।
यता नेपालको बारेमा चर्चा चल्ने गर्छ । राजनीतिशास्त्रका विद्यार्थीहरुमाझ नेपालको प्रसंग आउँदा बिदेशी साथीहरुले मलाई “तेरो सरकारमा बर्दो दण्डहीनता, सुशासन, दिनहु महिलामाथि बलात्कार हुन्छ, सरकारमा संग्लग्न पार्टीका कार्यकर्तालाई संरक्षण गर्ने सरकारी परम्परागत निति र त्यसविरुद्ध तेरो पार्टीले गर्ने बन्द–हड्ताल बाट वाक्क भएर यता आएको होला है” भन्ने गर्छन् । एकछिनका लागि मैले तर्क दिएपनि फेरी तिनै घटनाले निरन्तरता लिन्छ ।
कमरेड,
अन्तमा, तपाईंहरुले नै समानुपातिक, समाबेशी कोटाबाट ल्याएका मुठ्ठीभरका केही मानिसहरु आज नेता, मन्त्री,सभासद, ठुूल्ठुूला कर्मचारीहरु बने, आज तिनै तपाईहरुको नीतिबिरोधी भएर संक्रमणकाललाई लम्ब्याउनमा प्रयोग भैरहेका छ्न । स्वार्थ सिद्धी गर्न भित्रिने र बाहिरिने प्रचलन नौलो होन, हुतिहाराहरुले माओवादीका कारण हासिल गरेका उपलब्धीहरुलाई समेत आफ्ना बनाएर उल्टै परिवर्तनकारीहरुलाई जेल कोच्ने षडयन्त्र बुन्न थालेका छन् । तर पनि तपाईहरु उनीहरुविरुद्धनिर्णायक संघर्षका लागि तयार हुन सक्नुभएको छैन । अहिले त लाखौं लाख मानिस तपाई पछि छन किन बिद्रोह गर्न डराउने ? कि तपाईको जीवनकाल भरि बन्द,हड्ताल गरेरै बिताउने प्लान त छैन होला नि रु
त्यसैले विपक्षीहरुले लाजिम्पाटको भाडाको भभवनसँग तपाई र पार्टीको नाम जोडेर माओवादीलाई नै बदनाम बनाउदै गर्दा निवास, कोट, गाडी त्याग गरि हामी जनतामाझ आउनोस, छोटो समय लगाएर देशमा बिद्रोह गरौं, घडीका सुईहरु चलिराखेका छन, समय एकदमै कम छ, हामी यो जीवनमै समाजवाद देख्न चाहन्छु ४० र ५० बर्षभित्र समाजवाद ल्याउदै, नयाँ नेपाल बनाएर दुनिया सामु माक्र्स, लेनिन, माओ जस्तै प्रचण्ड हुन भन्दै लेखिएका विश्वइतिहासका पुस्तक रहेकाले सजाउने छौं
तपाई शुभचिन्तक
सन्तोष डि.सी, हालः डेनमार्क

###
0 comments
Write Down Your Responses