मोटरसाइकलमा चढेर पैदलयात्री महिलाहरुको सिक्री लुट्ने पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत २१ – काठमाडौ तथा ललितपुरका बिभिन्न स्थानहरुमा मोटरसाईकलमा चढेर पैदल हिँडिरहेका महिलाहरुको चेन लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ जिल्ला शनिशचरे गा.वि.स. वडा नं ३ घर भई हाल ललितपुरको बालकुमारी बस्ने गुरु विनोद केसी भन्ने सन्तोष कटुवाल, काभ्रेका राज भन्ने राजकुमार तामाङ र झापाका विदुर दाहाल रहेका छन् । तीन जनामध्ये कटवाल मोटरसाइकलमा पछाडि बसी सिक्री तान्ने तथा तामाङ र दाहाल मोटरसाइकल चालकका रुपमा काम गर्थे ।
प्रहरीका अनुसार दुईजना चढेर आउने, मोटरसाईकल चलाउनेले टाउको र अनुहार पुरै छोपिने हेल्मेट लगाउने र पछाडी बस्नेले मुखमा मास्क लगाई भित्री सडकमा पैदल हिंड्ने महिलाहरुले लगाई राखेको सुनका सिक्री लुटि फरार हुने गर्थे ।
त्यस्तै सुनको सिक्री लुटेर ल्याएको हो भनि थाहा पाई पाई खरिद गर्ने तथा इलामका प्रेम कुमार सेन्चुरी तथा सप्तरीका रामहरी श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले घटनामा प्रयोग गरेको मो.सा., सुनका गरगहना तथा नगद सहित यस महाशाखाको टोलीले उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको हो ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा उनीहरुले उपत्यकाका २४।२५ स्थानमासिक्री स्न्याचिङ्गको घटना घटाएको स्विकार गरेका छन् ।
प्रहरीले अभियुक्तहरुबाट सुनका विभिन्न गरगहनाहरु गरी जम्मा ८ तोला ७५ लाल, नगद रु.३ लाख ३४ हजार, घटनामा प्रयोग भएको बा.२५ प. ८६७६ नं.को कोलो पल्सर मोटरसाइकल, घटना घटाउँदा लगाएको ज्याकेट थान १ र घटना घटाउँदा लगाएका जुत्ता १ जोर बरामद गरेको छ ।

###
0 comments
Write Down Your Responses