दैनिकमा मंगलबार प्रकाशित तपाईको राशिफल मिति: २०७२ बैशाख १ मंगलवार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मानसिक विचलन हुनसक्छ। सामाजिक दायित्व बढ्नेछ। महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
प्रेमप्रसंग चल्नेछ। अध्ययनमा रुचि बढ्नेछ। व्यापारिक कार्यमा परिवर्तन आउनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दैनिक कार्यमा सफलता मिल्नेछ। मनमा उत्साह बढ्नेछ। मध्याह्नपछि खर्च बढ्नेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सञ्चार क्षेत्रमा सफलता प्राप्त हुनेछ। टाढिएका मित्रसँग भेट हुनेछ। मन प्रफुल्ल रहनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पदप्रतिष्ठा वृद्धि हुनेछ। अनपेक्षित धन प्राप्त हुनेछ। आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आन्तरिक कलह बढ्नेछ। दैनिक कार्यबाट अपेक्षित लाभ मिल्नेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक स्फूर्ति बढ्नेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। समाज सेवाको अवसर प्राप्त हुनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मित्रको सहयोग नमिल्नाले मन खिन्न हुनेछ। यात्रामा सफलता मिल्नेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
सांस्कृतिक सभा सम्मेलनमा सहभागिताको अवसर मिल्नेछ। नेतृत्व शक्तिको विकास हुनेछ। सम्मान प्राप्त हुनेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
धार्मिक कार्यमा खर्च बढ्नेछ। प्रियजनसँग भेट हुनेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आफन्तको सहयोग प्राप्त हुनेछ। सन्तानसुख प्राप्त हुनेछ। विद्या प्राप्त हुनेछ। शिरमा पीडा बढ्नेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सामाजिक कार्यमा तनाव उत्पन्न हुनेछ। रोजगारमा पदोन्नतिको योग छ। नयाँ योजना बन्नेछन्।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z