युगकविको कलममा ९० सालको भुइँचालो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, जेष्ठ ७ - १९९० सालको महाभूकम्पका बेला सिद्धिचरण श्रेष्ठ २१ वर्षका थिए। तत्कालीन सरकारले ब्रह्मशमशेर जबराको अध्यक्षतामा गठन गरेको भूकम्प स्वयंसेवक संघअन्तर्गत काठमाडौंका युवाहरूको नेतृत्व सिद्धिचरणले गरेका थिए। त्यति बेलाको भूकम्प र त्यसपछिको पुनर्निर्माण सम्बन्धी सिद्धिचरणको अप्रकाशित संस्मरण :
कालो बादल मडाएिको ९० सालको महाभूकम्पको बेला म २१ वर्षको थिएँ। भारतको तीनधाम यात्रा गरेर फर्केको दोस्रो दिन मात्रै थियो, कुनै आफन्तलाई भेटेर घर पुग्नै लागेको थिएँ। चारैतिर हाऽहाऽ र हुऽहुऽ भयो। मानिसहरू घरबाट निस्के, ‘भुइँचालोऽ भुइँचालोऽ’ भन्दै कराउन थाले।
म के गरूँ, कसो गरूँ भएर नजिकैको एउटा चैत्य समाउन पुगें। हडबडाएर घरबाट निस्केका मानिसहरूले पनि मैले गरेको जस्तै गर्न थाले। चैत्य हल्लायो। जमिन हल्लायो। यताउता घरहरू भड्किन थाले। धूलो उडेर केही पनि नदेखिने भयो। हामी सबै अवाक रह्यौं। के भइरहेछ, कसो भइरहेछ, केही थाहा नै भएन। कोही रुन लागिरहेछन्। कोही आफन्तहरूको नाम काढेर बोलाइरहेछन्। घर भत्केर कति त पुरिइरहेका छन्।
चार–पाँच मिनेटसम्म त कसैलाई होसहवास नै भएन। म घरबाट पचास कदमजतिको बाटोमा थिएँ। घरतर्फ जान खोज्छु त अगाडिको घर भत्केर टुक्राटुक्रा छ। बल्लतल्ल घर पुगें। आमा, मेरी जहान र अरू पाहुनाहरू बारीमा रहेछन्। टोलका अरू मानिसहरू पनि त्यहीँ जम्मा भएका रहेछन्। सबैको सातोपुत्लो उडेको थियो।
आफ्नो परिवार सबुत छ कि छैन भन्नेतिर नै सबै जनाको पहिलो चासो थियो। पिताजी आफ्नो अफिसमा हुनुहुन्थ्यो। सबैभन्दा पहिले उहाँले हामी सबुत छौं कि छैनौं भन्ने सोध्न मान्छे पठाउनुभयो।
कोही मानिसहरू आफ्ना पुरिएका आफन्त खोज्न इँटा र दलिनहरू पन्छाउनतिर लागे। कोही चोट परेकालाई बिस्तारै सम्हाल्नतिर लागे।
कति मरे कति। काठमाडौंभरि नै ठूलो तमासा थियो। कहाँ केके भइरहेछ, कति घर भत्के, कसैलाई थाहा थिएन। सुन्थें— फलानाको घर भत्कियो, फलाना मन्दिर भत्कियो, धरहरा, घन्टाघर छैन
आदिआदि। वसन्तपुरको एउटा अड्डा भत्कनाले त्यसमा १०० जनाजति मानिसहरूको एकै चिहान भयो भनेको पनि सुनें। जीवन र मृत्युसँग जुध्दै पार पाउन मानिसहरूको कोलाहलको रूपमा सहर रूपान्तरित भएको थियो।
हाम्रो बारीमा दुई–चार जना पुरिएका मानिस पनि ल्याइए। सुन्दै गएँ— फलानो त पुरिएर मरेछ। फलानाको त आजसम्म पत्ता लागेको नै छैन। त्यो दिनको भयावहता सम्झनु पनि गार्हो हुन्छ। नभत्केका घरमा पनि फेरि केके हुने हो भन्ने त्रासले मानिसहरू जानै सकेनन्। येन केन प्रकारेण मानिसहरू घरबाहिर बस्थे।
टुँडिखेल धेरै मानिसहरूले भरिएको थियो। अस्थायी अस्पताल नै बनाइएको थियो त्यहाँ। बाटोको ठाउँठाउँ घर भत्किएर पूरै बन्द थियो। आफ्नो घरमा माथि गएर भाँडाकुँडा ल्याउन पनि मानिसहरू असमर्थ थिए, घर नभत्के पनि। हामी पनि टुँडिखेलमै गएर बस्यौं, पाल टाँगेर।
भूकम्पले धनजनको क्षति त गर्यो नै, नेपाली संस्कृतिका बहुमूल्य कृतिहरू, प्राचीन कलापूर्ण मन्दिर र भवनहरू पनि भत्के। त्यसको पुनर्निर्माणमा सस्तो र सजिलो खालको प्रक्रिया अपनाइयो। वसन्तपुरमा कुमारी चोकभित्रको कलापूर्ण भवन भत्कियो। त्यसको पुनर्निर्माण आधुनिक ढंगले गर्यौं हामीले। मखनटोलको महादेवको मन्दिर, भेडासिंको ढुंगाको मन्दिर अहिले पनि सम्झिन्छु। त्यस्तै अनेक मन्दिरहरूको पुनर्निर्माणमा पुरानो कलाशैलीको अपहेलना गरिएको छ। काठमाडौंको रूप यसबाट विकृत हुन गएको छ।
त्यस बेला हामीले कला र संस्कृतिको महत्त्व सम्झेर महत्त्वपूर्ण ठाउँको पुनर्निर्माणमा ध्यान दिएनौं। यसबाट राष्ट्रिय संस्कृतिको र्हास भएको महसुस गरेको छु। काठमाडौं, वसन्तपुरको एउटा दृष्टान्त लिऊँ। त्यस बेला यो यस्तो थिएन। अनेक प्राचीन कलापूर्ण भवन र मन्दिरले सुशोभित यो ठाउँ आज अर्कै देखिन्छ। कतिपय भवनका पुराना झ्यालढोका र कलापूर्ण त्वानासींहरू दाउराको सट्टामा बालेको कुरा पनि मैले सुनेको थिएँ। ती सबै ‘भिल्लको हातमा मणि’ भएर गए।
भूकम्पलगत्तै जर्णेल ब्रह्मशमशेर जबराको अध्यक्षतामा एउटा भूकम्प स्वयंसेवक संघ खडा भएको थियो। त्यस संस्थाले कहाँकहाँ कति मानिस मरेका छन् र कहाँकहाँ आश्रयविहीन मानिसहरू बसिरहेका छन् र कहाँ के सहायता गर्न सकिन्छ भनी रिपोर्ट पनि गर्नु थियो। मेरै नेतृत्वमा धेरै साथीहरू त्यो समितिमा सक्रिय बने। वास्तवमा त्यो समितिमा काम गर्नु निकै ठूलो गौरवको कुरो थियो। सायद त्यो नेपालकै पहिलो सामाजिक संस्था थियो।
मैले र मेरा साथी शेषराज दली लगायतले स्वयंसेवक भएर काम गरेकोमा तक्मा पनि पाएका थियौं। मेरो नाम घोषणा हुनासाथ जुद्धशमशेरले त्यो तक्मा आफूले नदिई मलाई दिन लाए। यसको कारण भने आजसम्म मैले बुझ्न सकेको छैन।

###
0 comments
Write Down Your Responses