ओस्प्रेसहित अमेरिकी सैनिक फर्किंदै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन आएको अमेरिकी सैनिक (मरिन) टोली फर्कने भएको छ। अमेरिकी सैनिक टोली फर्किए पनि पुनर्निर्माणका बेला अमेरिकी सेनाका र केही गैरसैनिक इन्जिनियर र केही प्राविधिकहरू नेपाल आउने भएका छन्।
उनीहरूले भत्किएका संरचनाहरूको पुनर्निर्माणका बेला नेपाल सरकारलाई आवश्यक परामर्श दिनेछन्। भूकम्पपीडितलाई उद्धार र राहत वितरण गर्न अमेरिकी सेनाले ल्याएकामध्ये चारवटा अत्याधुनिक हेलिकोप्टर ओस्प्रे बिहीबार फर्कने भएका छन्।
नेपालको भूभागमा राहत वितरण र उद्धारका लागि अमेरिकी अत्याधुनिक ओस्प्रे हेलिकोप्टर उपयुक्त नभएको भन्दै आलोचना भइरहेका बेला अमेरिकाले ती हेलिकोप्टरलाई फर्काउने निर्णय गरेको हो।
उद्धारका लागि आएको अमेरिकी सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटना भएको थियो। अमेरिकी सैनिकहरू आफ्ना काम सकिएको भन्दै फर्कन लागेका हुन्।
तीन सय अमेरिकी सैनिकमध्ये सानो संख्यामा बसेर अन्य अमेरिकी सैनिकहरू समेत फर्कने भएका छन्। कतिको संख्यामा अमेरिकी सेनाहरू नेपाल बस्छन् भन्ने विषयमा भने अमेरिकी दूतावासका अधिकारीहरूले बताएनन्। नेपालस्थित अमेरिकी दूतावासकी सूचना अधिकारी सुसान पार्करले आवश्यकता अनुसारको सानो संख्याको अमेरिकी सैनिक टोली नेपालमा रहने बताइन्।
भूकम्पपीडितहरूलाई उद्धार गर्ने काम प्राय: सकिसकेकाले अमेरिकी सैनिक टोली फर्कने निर्णयमा पुगेको उनले बताइन्। पार्करले भनिन्, 'अमेरिकी सैनिकको आवश्यकता रहेसम्म उनीहरू नेपालमा रहनेछन्।'
उद्धार र राहतका लागि पाँच सयको संख्यामा नबढ्ने गरी अमेरिकी सैनिकहरू नेपाल आउने नेपाली सेनासँग सम्झौता भएको सैनिक उच्च स्रोतले बताएको छ। सम्झौता भएमध्ये अहिलेसम्म तीन सय अमेरिकी सैनिक अधिकारीहरू नेपाल आएका थिए।
भूकम्प जानु अघिदेखि नै २५ जना अमेरिकी सैनिकहरू काठमाडौंमा भएको भूकम्प सम्बन्धीकै एक तालिममा सहभागी थिए। भूकम्प गए लगत्तैबाट २५ जना अमेरिकी सैनिकहरू उद्धार कार्यमा खटिएको सैनिक स्रोतले बताएको छ।
उद्धारका लागि आएको चारवटा ओस्प्रे हेलिकोप्टर बिहीबार फर्किने भए पनि बाँकी दुईवटा विमानहरू केही दिनपछि फर्कने भएका छन्। पार्करले सञ्चारकर्मीसँग भनिन्, 'अन्य बाँकी विमानहरू पनि छिट्टै फर्कनेछन्।'
अमेरिकी सैनिक टोली फर्कने भएपछि नेपाली र अमेरिकी सेनाले बुधबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सेनाको ज्वान्ट फोर्स कमान्डर जोन विस्लरले उद्धारका कार्य लगभग सकिएकाले आफ्नो टोली फर्कन लागेको बताए।
पत्रकार सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत पिटिर बोडेले भूकम्पपीडितको उद्धार गर्दा आफ्ना ६ र दुई नेपाली सैनिक अधिकारीहरूको मृत्यु भएको प्रति दु:ख व्यक्त गरे। राजदूत बोडेले भने, 'मृतक सैनिक अधिकारीहरू साहसिक थिए। उनीहरूले कर्तव्यपालनको सिलसिलामा देश र जनताको लागि ज्यान गुमाए। पीडित जनताका लागि नेपाल र अमेरिकी सरकार सँगसँगै छ।'
नेपाली सेनाका प्रधानसेनापति गौरमशमशेर राणाले भूकम्पपीडितलाई अमेरिकी सरकारले गरेको सहयोग प्रशंसनीय भएको बताए। प्रधानसेनापति राणाले भने, 'आफ्नो ठूलो क्षतिका बाबजुद भूकम्पपीडितहरूको उद्धार र राहत वितरणमा अमेरिकाले गरेको सहयोग अतुलनीय छ।'
हालसम्म अमेरिकाले झन्डै चार करोड ७० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गरेको छ। त्यसका अतिरिक्त अमेरिकी विदेश मन्त्रालय तथा न्याय मन्त्रालयले १७ लाख अमेरिकी डलरबराबरको सहयोग प्रदान गर्ने भएको छ।

###
0 comments
Write Down Your Responses