भूकम्पको झट्का महसुस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##




शनिवार राती फेरि भूकम्पले धक्का दिएको छ। १०:२६ मिनेट जाँदा महशुस भएको परकम्प आज गएको तेस्रो धक्का हो। आज विहान डोल्पा केन्द्र बनाएर ४.८ र दोलखा केन्द्र बनाएर ४.२ रेक्टर स्केलको परकम्प गएको थियो।
वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४.० म्याग्निच्यूडभन्दा माथिका २ सय ५९ वटा परकम्प गएका छन् ।

४.० म्याग्निच्यूडभन्दा मुनिका परकम्पलाई केन्द्रले आफ्नो रेकर्डमा राख्‍ने गरेको छैन। त्यस्ता साना परकम्प त हजारौंपटक गएको केन्‍द्रले जनाएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z