१ बजेर १६ मिनेटमा शक्तिशाली झट्का, आज दोश्रो पराकम्पन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१३ जेठ, काठमाडौं ।
काठमाडौं आसपासका क्षेत्रमा बुधबार दिउसो १ बजे १६ मिनेटमा शक्तिशाली पराकम्पन महसुस भएको छ । १ घण्टाको फरकमा दोश्रो पराकम्पन महसुस गरिएको हो ।
यसको केन्द्र विन्दु र क्षमता भने आउन बाँकी नै छ ।
राजधानीमा शक्तिशाली झट्का महसुस भएपछि राजधानीमा मानिसहरु पुनः सडकमा निस्केको देखिएको छ ।
बैशाख १२ को विनाशकारी भूकम्प भएको १ महिना पुरा भइसक्दा पनि पराकम्पन रोकिएको छैन । आज पनि मध्यान्न १२ बजेर ३ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४ दशमल २ रेक्टर स्केलको भूकम्प भएको थियो ।
पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त भने बनेको छ ।
यस अघि हिँजो पनि निरन्तर ५ पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।

###
0 comments
Write Down Your Responses