मलेसियामा ३२ नेपाली श्रमिक पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मलेसिया : अवौधानिकरुपमा काम गरिरहेको अवस्थामा मलेसियाबाट ३२ जना नेपाली पक्राउ परेका छन् ।

अवैधानिक विदेशी कामदारविरुद्ध धरपकड गरिरहेको मलेसियाको अध्यागमन विभागले केहडा राज्यको एक ग्लोब कम्पनीमा कार्यरत ती नेपालीलाइ पक्राउ गरेको यहाँको सरकारी सञ्चारमाध्यम वार्नामाले जनाएको छ ।

उनीहरुलाई कम्पनीमा काम गरिरहेकै अवस्थामा सोमबार पक्राउ गरिएको वार्नामाले उल्लेख गरेको छ ।

सो कम्पनीबाट ३२ नेपालीसहित ५४ जना आप्रबासी कामदार पक्राउ परेका समाचारमा जनाइएको छ । मलेसिया सरकारले एक वर्षदेखि अवौधानिक कामदारविरुद्ध ‘मलेसिया छोड अभियान’ सञ्चालन गरेको छ ।

अवैधानिक रहेका विदेशी कामदारलाई यहाँको अध्यागमन कार्यालयमा गएर आत्मसम्र्पण गरी घर फर्कने मौका दिइएको छ ।

अवैधानिक कामदारले यहाँको सरकारले तोकेको जरिवाना तिरेर घर जान सक्ने प्रावधानको बेवास्ता गरी नेपाली श्रमिक अवौधानिकरुपमा काम गरिरहेका छन् । सोमबार प्रक्राउ पर्नेमा नेपालीसहित वंगलादेशी, म्यानमार, इन्डोनेसिया, चिनियाँ र फ्रान्सेली नागरिक रहेको समाचारमा जनाइएको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z