निर्माण मजदुरको ज्याला ७ सयबाट १२ सय पुग्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
उपत्यकामा मजदुरको अभाव भएको छ । भूकम्पपछि अधिकांश मजदुर आफ्नो घर गएका कारण अभाव भएको हो । केही केही मात्रामा मात्र मजदुर उपलब्ध छन् ।
कामदार अभाव कै कारणले मजदुरहरुले ३० देखि ४० प्रतिशत सम्म ज्याला बढी लिइरहेका छन् । मजदुरको अभावले गर्दा थोरै मात्रामा भएको मजदुरलाई पनि काम भ्याईनभ्याई छ। पर्खाल र सानातिना मर्मत बाहेक ठूलो काममको डिमान्ट नआएको उनीहरुले बताएका छन् ।
सामान्यत भूकम्प अघि दैनिक ७ सयमा ज्यालादारी गरेका मजदुरले अहिले १ हजार देखि १ हजार २ सय र मिस्त्रीले १ हजार देखि १ हजार ५ सय सम्म ज्याला लिइरहेका छन। काम गर्ने क्षेत्रको आधारमा मजुरहरुले ज्यालाको निधारण गरेका छन।
जोखिमग्रस्त भौतिक संरचनाको मर्मत र पुर्ननिमाणमा बढी ज्याला र अलि सजिलो ठाउँको काममा कम ज्यालामा काम लिएका छन।
रामेछापका चन्द्र तमाङ ६ वर्ष अघि देखि उपत्यमा मजदुरी गरी आफ्नो र परिवारको जिवन गुजारा गरिरहेका छन। भूकम्पले आफ्नो घरमा पुर्याएको क्षतीको मर्मत गरी मजदुरी गर्न काठमाडाैं आएका उनले अहिले कामको लोड बढी छ र ज्याला पनि बढेको बताए ।
'अहिले काम पनि पहिलेको भन्दा बढी जोखिम र डरत्रासमा काम गर्न परेकाले ज्याला पनि बढी लिने गर्छु,' उनले भने 'बिहान देखि बेलुका सम्मको १ हजार २ सय ज्याला हामीले तोकेका छौं ।'
त्यस्तै सिन्धुपालचोकका कृष्ण बहादुर कार्कीले भने 'म ३ वर्ष देखि मजदुरी गरी परिवार र आफ्नो घरखर्च जलाईरहेको छु। आफ्नो घर भूकम्पले क्षती पुर्याएको छ तर बनाउनका लागि पर्याप्त रकम छैन ।'
काम पनि अहिले पहिलेको भन्दा जोखिम र डराई डराई गर्नु पर्छ त्यसैले ज्याला बढेको हो उनले थपे ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेका अनुसार नेपालभर झण्डै ११ लाख मजदुर छन् । काठमाडौं उपत्यकामा स्वदेशी मजदुरहरु सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, नुवाकोट, ओखलढुंगा, सोलुखोम्बु, धादिङ, रौतहट, सर्लाही, धनुषा लगायत जिल्लाका बढी संख्यामा रहेका छन् ।
मजदुरहरुको घरमा क्षती पुगेको छ, त्यसैले उनीहरु आफ्नो घर निमार्णकालाई उपत्यका छोडेको र भारतीय कामदार भूकम्पको त्रासले भागेका कारण मजदुरको अभाव छ। काम पनि जोखिम र मजदुरको अभावले ज्याला बढेको अध्यक्ष लामिछानेले बताए। भूकम्पपछि स्वभाविक रुपमा मजदुरहरुको माग दशौं गुणाले बढ्ने र कयौं महिनासम्म मजदुरको अभाव रहिरहने लामिछानेले बताए ।
निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाका अनुसार ३ लाखको हाराहारीमा विदेशी मजदुरहरु नेपालमा कार्यरत छन् । उनका अनुसार नेपालमा निमार्णका लागि चाहिने औजारहरु निकै कम छन् । मेसिनरी औजार आफूहरुसँग कम भएको र धेरै ल्याउन सके मजदुरहरुको अभावमा पनि थोरै मजदुरले काम गर्न सकिने उनले बताए ।

###
0 comments
Write Down Your Responses