‘नेपाललाई सबै प्रकारका सहयोग गर्न चीन तयार’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, जेष्ठ ७ । चीनले नेपालको आवश्यकता र प्राथमिकताको आधारमा सबै प्रकारका सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ ।
चिनियाँ विदेश सहायकमन्त्री लुई जीएन चोले विहीबार प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी ‘विपत्तिको अवस्थामा नेपाललाई सबै प्रकारका सहयोग गर्न चीन तयार’ रहेको बताएका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा सहायक विदेशमन्त्री चोले ‘नेपालको महाविपत्तिमा चीन पूर्णरुपमा नेपालकै आवश्यकता र प्राथमिकतामा राहत, पुनःस्थापना तथा पुनःनिमार्ण प्रक्रियामा सघाउन तयार भएको’ राष्ट्रपति सी जिनपिङको सन्देश लिएर आएको बताएका थिए ।
‘कुनै स्वार्थ नराखी नेपाल एक सार्वभौम र स्वतन्त्र मुलुक हो भन्ने भावनाकासाथ चीनले सहयोग गर्न चाहेको’ पनि उहाँंले प्रष्ट गरेका बताइएको छ ।
सहायक विदेशमन्त्री चो विहीबारै नेपाल आएका हुन् ।

###
0 comments
Write Down Your Responses