आफ्नो शरीरमा जम्मा भएको अनावश्यक पानी फाल्ने तरिका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आफ्नो शरीरमा जम्मा भएको अनावश्यक पानी फाल्नुहोस्

पाखुरा, खुट्टा, जोर्नी, भारी भएको भनुभव हुनु तथा शरीर सुनीनु र थाकानको अनुभव हुनु भनेको शरीरमा अनावश्यक पानी जम्मा भएको भन्ने बुझिन्छ ।

तातो मौसम, लामो समय सम्म उभिएर गर्नुपर्ने काम अर्थात पोषण रहित खाना यस्ता समस्याका मुख्य कारकहरु हुन् ।

शरीरमा अनावश्यक पानी जम्मा हुनुमा धेरै कारण, आनीबानी तथा पोषणयुक्त खानाको अभावका कारण हुन सक्छन् । महिला महिनाबारी भएको बेला, गर्भावस्था, रजोनिवृति र हरमोनमा हुने गडबडीका कारण उसको शरीर सुनिने लगायत स्तनको आकारमा अनावश्यक बृद्धि भएको अनुभव हुन्छ ।

नुन, चिनि तथा चिल्लोमात्राको अत्यधिक सेवनले शरीरमा अनावश्यक पानी जम्माहुन सहयोगी भूमिका खेल्छ । नुनिलो फास्ट फुड तथा खानेकुराले शरीरमा पानी जम्मा गर्न थाल्छ र हामी आफ्नो पेट तथा भूँडी सुनिएको महशुस गर्न थाल्छौं । अझै, किडनी र फोक्सो संबद्ध ज्याद्रो रोगहरु तथा अर्थराइटिस् जस्ता रोगहरुले झनैै शरीरमा अनावश्यक मात्रामा पानी जम्मा पार्न सहयोगी भूमिका खेल्छ । तर यो रोगको रोकथामका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ । जस्तै स्

डायोरेटिक

डायोरेटिकले हाम्रो शरीरमा भएको पानी र विषादीलाई मुत्रनली मार्फत बाहिर निकाशगर्न सहयोग पुर्याउँछ । प्रकृतिले हामीलाई केही निश्चित खानेकुराहरु दिएको छ जसमा यो प्रबिधि लागु हुन्छ र हामी यीनिहरुलाई प्राक्रितिक डायोरेटिकमा बिभाजन गर्छौं ।

प्राक्रितिक डायोरेटिकहरु यस प्रकारका छन्

- प्रशस्त मात्रामा हरियो चियाको प्रयोग गर्नुहोस् ।

- एक कप स्ट्रबेरीको रस

- दुई चम्चा स्याउको रस र एक ग्लास पानी (दिनको ३०) पटक पिउनुहोस् ।

- ज्वानो खानाले फाइदा हुन्छ । यसले शरीरको तापक्रमलाई यथास्तानमा राख्न मद्धत पुर्याउँछ ।

- तरबुजा र कांक्रो जस्ता खानेकुरामा सल्फर तथा सिलिकनको मात्रा प्रस्त हुने भएकाले यसले किडनीलाई फाइदा पुर्याउँछ ।

- सलादले विषादीलाई शरीरबाट बाहिर फाल्न मद्धत पुर्याउँछ ।

- टमाटरमा भिटामिन ए र सी प्रशस्त मात्रामा पाइन्छ र यसको प्रयोग गर्नाले शरीरमा भएको विषादीलाई किडनीको माध्ययमले बाहिर फाल्ने काम गर्छ ।

- मुला र प्याजमा सल्फरको मात्रा प्रशस्त हुन्छ र यसले विषादीलाई शरीरबाट बाहिर फाल्ने काम गर्छ ।

- नरिवलको पानीले पनि शरीरमा चिसोपना प्रदान गर्छ र इलेक्ट्रोलाइटलाई ब्यालेन्समा राख्छ ।

पोटासियम पाइने खानेकुराहरु

केरा, टमाटर, दही, स्ट्रबेरी, मेवा लगायतका खानेकरामा प्रशस्त मात्रामा पोटासियम उपलब्ध हुन्छ । यसले प्रशस्त मात्रामा तरल पदार्थ उत्पादन गर्छ ।

यो समस्याबाट छुटकारा पाउन अरु के के गर्न सकिन्छ त रु

- नुन, चिनि र चिल्लोको प्रयोगमा कमि ल्याउनुहोस् ।

- टिन तथा क्यानमा उपलब्ध खानाहरु, हटडग लगायत खानेकुराहरुको प्रयोग नगर्नुहोस् ।

- आफ्नो स्वास्थ्यको हेरचाहका लागि प्रत्येक दिन केही समय हिड्ने बानी बसाल्नुहोस् ।
- दैनिक आधा घण्टा हिड्नु वा ३० मिनट सम्म शारीरिक अभ्यास गर्नाले शरीरका मांसपेशीहरु तंर्दुस्त रहन्छन् ।
- ताजा फलफुल तथा हरियो सागसब्जि खानुहोस् ।
- दिनको आठ गिलास सफा पानी पिउनुहोस् किनकि यसले तपाईको शरीरमा आवश्यक तरल पदार्थको अभावलाई पुरागर्न मद्धत पुर्याउँछ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z