छ घण्टामा चार धक्का, दोलखामा मात्रै तीन वटा पराकम्पन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, जेष्ठ १० । गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको महाभूकम्पपछि अझै पराकम्पन आउने क्रम रोकिएको छैन ।
आज पनि चार रेक्टर स्केल माथिका ४ वटा पराकम्पन गएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पछिल्लो समय १२ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन गएको छ ।
यसअघि, ११ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४ दशमलव २ रेक्टर स्केल, १० बजेर ३८ मिनेटमा दोलखालाई नै केन्द्रविन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
यस्तै, बिहान ७ बजेर ६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको छ । दोलखामा मात्रै आज तीन वटा पराकम्पन गएका छन् ।
भूकम्पको पराकम्पन सम्बन्धी विभिन्न अड्कलबाजी हुन थालेपछि सामान्य बन्दै गएको जनजीवनमा असर पुग्न थालेको छ ।
तर भूकम्प विद्हरुले भने पराकम्पन आउने क्रम केही समय रहने भन्दै भूकम्पबारे कसैले अड्कल गर्न नसक्ने भएकाले हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
उनीहरुले भूकम्पले मानव निर्मित बस्तुबाटै खतरा हुने भएकाले सुरक्षित भएर बस्न सुझाएका छन् ।

###
0 comments
Write Down Your Responses