'सुशील दुई सातामै सरकार छोड्न तयार'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राष्ट्रिय सरकारको विषय संविधान बन्न नदिने खेल पनि हुनसक्ने प्रचण्डको आशंका

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री सुशील कोइराला दुई साताभित्रै सरकार छोड्न तयार रहेको बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको तीस दलीय मोर्चाको बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस एमालेसँग भइरहेको छलफलको ब्रिफिङ गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन्। प्रचण्डले राखेको भनाइ उधृत गर्दै बैठकका सहभागीले भने, 'सुशीलजीले संविधानमा सहमति भए दुई साताभित्रै सरकार छोड्छु भनेका छन्। संविधानमा सहमति नगरीकन सरकारको लफडामा लाग्नु हुँदैन।

बैठकमा प्रचण्डले राष्ट्रिय सरकारको विषय संविधान बन्न नदिने खेल पनि हुनसक्ने आशंका गरेका छन्।कांग्रेस एमालेसँगको छलफलपछि आइतबार बसेको तीस दलको बैठकमा प्रचण्डले यस्तो आशंका व्यक्त गरेका हुन्। संविधानको विषयलाई थाती राखेर भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापना योजना बनाएर राष्ट्रिय सरकार गठन गर्ने प्रस्तावले केही आशंका जन्माएको प्रचण्डले बताएका छन्।

कांग्रेस र एमालेसँग बालुवाटारमा भइरहेको छलफलबारे ब्रिफिङ गर्दै प्रचण्डले कांग्रेस एमाले संविधानभन्दा पनि राष्ट्रिय सरकारका लागि बढी हतार गरेको बताए। प्रचण्डको भनाइ उधृत गर्दै एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने 'संविधानमा सहमति नभई राष्ट्रिय सरकार अर्थहिन हुनेछ। संविधान बन्न नदिने प्रतिगामी खतरा पनि छ। बिपदको अवस्थामा प्रतिगामी तत्वहरुले चलखेल गर्न सक्छन।' दाहालले संविधान बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने दिशामा सोच्न ३० दलीय गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन।

राज्य पुनरसंरचनाका बारेमा ३० दलीय गठबन्धनले पहिचान र अधिकारमा आधारित १० प्रदेशको प्रस्ताव राखेको भए पनि संविधान बनाउनका लागि लचिलो हुने क्रममा के कतिमा मिलाउन सकिन्छ भनेर आन्तरिक छलफल गरी सोचविचार गरेर आउन पनि आग्रह गरेका छन्।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z