जापानबाट सिक्नुपर्ने कुराहरू
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आजभन्दा ठीक चार वर्षअघि जापानमा ठूलो भूकम्प गएको थियो। ९.१ रेक्टर स्केल मापन भएको भूकम्पमा हजारौं मानिस मारिएका थिए। २ लाख ३० हजार घरबारबिहिन भएका थिए। त्यसबेला जापानमा ३ सय मिलिएन डलर बराबरको क्षति भएको थियो।
यति धेरै क्षतिका वाबजुत पनि अहिले विश्वमा जापानले आफूलाई आर्थिक तथा राजनीतिक रूपमा शक्तिशाली राष्ट्रको रूपमा उभ्याएको छ। जापान अहिले विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश अर्न्तगत पर्छ।
देश धनी र विकसित त्यतिबेला हुन्छ जब जनताले समेत आफ्नो क्षेत्रबाट देश र सरकारलाई सहयोग गर्छन् भन्ने पाठ जापान र जापानका जनताले गरेर देखाएका छन्। जापानबाट नेपाल र नेपालीले पनि सिक्नुपर्ने १० कुराहरू
१. जापानमा कुनै पनि सामान चोरी हुँदैन वा हराउँदैन। यदि ट्रेन, बस वा ट्याक्सी चढ्दा तपाइको महत्वपूर्ण सामान वा कागजात छुटेको छ भने नजिकैको स्टेशनमा सम्पर्क गर्नुभयो भनै सजिलै पाउन सकिन्छ।
२. जापानको जुनसुकै गाउँको कुनाबाट ट्याक्सी चढ्दा पनि तपाई सुरक्षित अनुभूति गर्नुहुन्छ किनभने जापानमा ट्याक्सी ड्राइभरले आफ्नो ग्राहकलाई भगवान नै मान्छन्। ठग्ने वा मौकाको अवसर छोपी लुटपाट गर्ने त कुरै भएन।
३. जापानमा घरका मुख्य ढोकाबाहेक अन्य ढोका वा दराजहरुमा चुकुल वा ताल्चा लगाउन नमिल्ने किसिमले बनाइएको हुन्छ। घर भित्र प्रवेश गर्ने आगन्तुकले पनि अरुको घरको सामान, सम्पत्तिमा खासै चासो पनि दिँदैनन्।
४. महिला हिंशा जुनसुकै देशमा भन्दा धेरै थोरै छ। केटीलाई सिटी बजाएर जिस्काउने, एकोहोरो हेरिरहने, आँखा झिम्काउने, ओठ चुच्चो पार्ने, जिब्रो पड्काउने जस्ता क्रियाकलाप कतै पनि देख्न पाइदैन जापानमा। त्यही भएर महिला अन्य पुरूष सरह रातिको १२ बजे पनि हिँड्डुल गरिरहेका देखिन्छन्। यस बाहेक कुनै महिलालाई पुरूषले जिस्काएको जस्तो लागेमा प्रहरीलाई खबर गरे ति व्यक्तिलाई तुरुन्तै कारवाही हुन्छ।
५. जापानमा अन्य देश जस्तै अत्याधिक प्लाष्टिक खपत हुन्छ। तर, जापानको शहर वा कुनै पनि गाउँमा सडकमा प्लास्टिक वा अन्य फोहोर सडकमा यत्र तत्र छरिएको, फालिएको देख्न पाइदैन। यदि कहि कसैले फालिहाले पनि प्रत्येक महिना वा हप्तामा टोलबासीले सामूहिक रूपमा आफ्नो टोल आफै सफा गर्छन्। अरुले सफा गर्देला भनेर मुख ताकेर बस्दैनन्।
६.जापानीजहरू कुकुर वा बिरालोलाई निक्कै मन पराउँछन्। त्यही भएर अधिकांश घरमा कुकुर वा बिरालो पालेको पाइन्छ। साँझ वा बिहान जापनिज्हरू आफ्नो कुकुरलाई घुमाउन लैजाँदा साथमा एउटा ब्याग र पानीको बोतल लिएर बाहिर निस्किन्छन् र कुकुरले बाटोमा फोहोर गर्ने बित्तिकै त्यस ब्यागमा फोहोर हाल्छन् र बोतलका पानीले बाटो सफा गरिदिन्छन्।
७. जापानमा तपाई अकस्मात गम्भीर बिरामी पर्नु भयो खल्तीमा पैसा छैन भने नआत्तिनुस्। तपाईँको अवस्था हेरेर अस्पतालले पहिले उपचार सुरू गर्छ। त्यसपछि मात्र अस्पतालले तपाईँको आवश्यक फर्म, विवरण भर्न लगाउँछ। र उपचार सकिएपछि रकम भुक्तानी माग्छ।
८. जापानमा जुन पसलमा किन्न जाँदा पनि ठगिने डर हुँदैन्। सामान किन्दा बार्गेनिङ गर्नै पर्दैन। सस्तोदेखि महँगो सबै क्वालिटीका कपडा तथा खाद्यान्न किन्न पाइन्छ। मानिसहरुले आफ्नो हौसियत अनुसार सामान खरिद गर्ने गर्छन्।
९. जापानमा ६० वर्ष काटेका वृद्धहरु पनि आफू बुढो भएँ भनेर काम गर्न छाड्दैनन्। आफूले सकुन्जेलसम्म केही न केही काममा सरिक भइराख्छन्। आफूलाई शारीरिक रूपमा स्वस्थ राखेकै कारण जापान विश्वमा सबैभन्दा बढी औसत आयु भएको देशको रूपमा समेत चिनिन्छ।
१०. जापानमा छोरा छोरी कलिलो उमेरमै कुसंगतमा लाग्लान् भन्ने पिर मान्नुपर्दैन्। जापानका युवाहरूमा ड्रग्स खाने, बाटो बाटोमा हल्ला गर्ने चलन हुँदैन। बाँकि रह्यो धुम्रपान र मद्यपानका कुरा। जापानमा चुरोट किन्नु अघि आफू १९ वर्ष वा सो माथि भएको कार्ड देखाएपछि मात्र चुरोट किन्न पाइन्छ।

###
0 comments
Write Down Your Responses