छोरीभन्दा कान्छी भित्राउने विरुद्ध मुद्धा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राजविराज: सप्तरीकी १४ वर्षीया बालिका बिवाह गर्ने तरही २ का ४१ वर्षीय हुलासप्रसाद साहविरुद्ध सप्तरी प्रहरीले सोमबार पहिलो बालबिवाह मुद्दा दर्ता गरेको छ ।
अन्नपूर्ण पोस्ट् अनलाइन तथा पत्रिकामा प्रमुखताका साथ समाचार प्रकाशन गरेपछि उनीविरुद्ध गत शुक्रबार परेको जाहेरी दर्ता भई अदालतबाट म्याद थप भएको हो ।
अन्नपूर्ण पोस्ट् दैनिकका सप्तरी प्रतिनिधी सहित ११ जनाले बालविवाह गर्ने पुरुष, अभिभावक, पुरेत, लमी समेतलाई मुलुकी ऐनको बिहाबारिको महल बमोजिम कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो ।
जाहेरी दिने अन्यमा बालकल्याण समितिका सदस्य बैद्यनाथ झा, बालअधिकार अधिकृत पुनम चौधरी, जिल्ला बाल सञ्जालकी अध्यक्ष भावना पौडेल, पुनरावेदन अदालत बार एशोसिएसनकी सबिता गौतम कोइराला, जिल्ला अदालत बार एशोसिएसनकी मीना देव, क्रेस नेपालका महेश साह, पारालिगल समितिकी अध्यक्ष शारदा मुडभरी, नारी उत्थान तथा समाज सेवा केन्द्रकी मनोरमा देव, महिला सुरक्षा दवाव समूहकी सचिव ललिता कर्ण, हुपेककी उपाध्यक्ष उमा पोखरेल छन् ।
केटा पक्षले दाइजो नलिने र विवाहको दुबैतर्फको सम्पूर्ण खर्च बेहोर्ने सर्तमा ४१ वर्षीय साहले कञ्चनरुपको पिप्रा पूर्व गाउँकी १४ वर्र्षकी निरक्षर बालिकासँग गत विहीबार भारदहको कंकालिनी मन्दिरमा विवाह गरेका थिए । साहको २०५० सालमा जनकपुरको भानु चोककी बिनादेवी साहसँग पहिलो विवाह भएको थियो । शाहकी १९ वर्षकी छोरी छिन् ।
बिवाहको खबर पाएलगत्तै सञ्चारकर्मी र अधिकारकर्मीहरुले प्रहरीलाई उजुरी गरेपछि साह बिवाह लगत्तै भारतको लौकहीस्थित साहको काकीको घर पुगेका थिए । सप्तरी प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको थियो ।

###
0 comments
Write Down Your Responses