६० लिटर दुध दिने गाई, जसले पायो नेशनल अवार्ड
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आज  विश्व दुध दिवस हो । विश्व खाद्य तथा कृषि संगठनको पहलमा सन २००१ देखि यो दिवस मनाइँदै आएको छ । दुध दिवसको अवसरमा भारतको हरिणायामा एउटा गाईले नेशनल अर्वाड पाएको छ । जसले एक दिनमा ६० लिटर दुध दिन्छ ।


सो गाइबाट दुध निकाल्न मेसिनको प्रयोग गरिदै आएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

करनालको दादुपुर गाँउका डेरी संचालक कुलदीप सिंहले सो गाई पालेका हुन् ।

उनले  यस गाईको नाम जैकाब राखेका छन् । उनले यो गाइको मूल्य तोकेको छैन । गाईले विभिन्न प्रतियोगितामा ३ लाखभन्दा बढीको पुरस्कार समेत जितिसकेको छ ।  गाईले दैनिक ७० किलोभन्दा बढी खानेकुरा खान्छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z