जिम्बाबेको ३५ हजार खर्ब बराबर एक अमेरिकी डलर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दक्षिण अफ्रिकी मुलुक जिम्बावेको पैसाको मूल्य यति कमजोर भएको छ की यो अब लोप हुने अवस्थामा पुगेको छ। यसको मूल्य अहिले १ अमेरिकी डलर बराबर ३५ करोड शंख रहेको छ।
अंकमा हेर्दा अमेरिकी १ डलर बराबर ३५,०००,०००,०००,०००,००० जिम्बावे डलर हुन्छ।

अधिक अवमूल्यन भएपछि जिम्बावेले सन् २००९ मा नै आफ्नो पैसाको त्यागेको हो। यसपछि प्रायजसो कारोबारहरु अमेरिकी डलर र अफ्रिकी र्‍याण्डमा भइआएको बताइएको छ।
तर मूल्य नभएका जीम्बावेका केही डलर अझैपनि चलनचल्तीमा रहेकाले केन्द्रिय बैँकले त्यसलाई हटाउने प्रयास गरेको छ।

करोड शंख पैसाहरु बैँकले डलरसँग साटिरहेको छ। यस क्रममा १७५ करोड शंखका लागि अमेरिकी ५ डलर बैँबले दिइरहेको छ भने १७५ करोड शंख भन्दा बढीलाई भने  १ अमेरिकी डलर बराबर ३५ करोड शंखका आधारमा दिएको बताइएको छ।
जिम्बावेको सबैभन्दा धेरै मूल्य र अन्तिम पैसा सन् २००८ मा जारी भएको थियो। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z