६ बजे घर पूजाको निम्तो, १० बजे मृत्युको खबर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एक दिनका लागि सरेको घरमै ललितकृष्णको निधन
काठमाडौ, जेष्ठ ३० - नेपाली फुटबलमा केही समस्या पर्यो भने समाधान निकाल्ने व्यक्तिका रूपमा अगाडि आउँथे, ललितकृष्ण श्रेष्ठ । उनको मध्यमार्गी बाटो र उपायले नेपाली फुटबलमा परेको अनेक समस्यालाई समाधानतर्फ दोहराउने काम गरेको थियो । त्यति मात्र होइन, नेपाली फुटबलमा कसैले केही खराब गरेको छ भने त्यसको समाधानका अगाडि अगाडि आउने र विकल्प तयार पार्ने पनि उनी नै थिए ।
पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद र अन्यौल आकासिँदा अध्यक्ष गणेश थापाको विकल्पका रूपमा तयार भइरहेका थिए, ललितकृष्ण । धेरै उनलाई ‘ललित दाइ’ भनेर बोलाउँथे । यिनै ललित दाइ एन्फाको कार्यबाहक अध्यक्ष पनि थिए । अबको केही समयमा एन्फाको नयाँ नेतृत्व कसैमा जाने तय जस्तै थियो भने, तिनी ललित नै थिए । यसपछाडि दुई प्रमुख कारण थिए।
एक, उनी आर्थिक मामिलामा स्वच्छ थिए । दोस्रो, उनी संस्थापन पक्ष होस् अथवा विरोधी पक्ष, सबैका साथी थिए । उनले विरलै कसैसँग तुस राख्ने काम गरे । यिनै ललित दाइको शुक्रबार अप्रत्यासित निधन भयो । उनी ४९ वर्षका मात्र थिए । उनको मृत्यु धेरैका लागि वास्तवमै अप्रत्यासित र स्तब्धपूर्ण रह्यो । उनको निधनको समाचारपछि आएको भावपूर्ण प्रतिक्रियाले यसलाई स्पष्ट पार्छ ।
अहिले नेपाली फुटबल व्यवस्थापनमा जति पनि सक्रिय छन्, त्यसमध्ये सबैभन्दा पुराना एकाध व्यक्तित्वमा उनी पर्छन् । अहिलेका एन्फा अध्यक्ष थापा भन्दा अगाडि उनी नेपाली फुटबलमा सक्रिय भइसकेका थिए । जति बेला उनी फुटबलमा नेतृत्व तहमा पुगिसकेका थिए, त्यति बेला थापा खेलाडी नै थिए ।
युवा अवस्थामा उनी खेलाडी पनि थिए, तर घुँडाको चोटका कारण लामो समय खेल्न सकेनन् । औसत खेलाडीमै सीमित रहे । तर खेल्न छाडे लगतै उनी फुटबल व्यवस्थापनमा लागे र आफ्नो जीवनको अन्तिम दिनसम्म लागिरहे । उनले लगभग २५ वर्षको नेपाली फुटबलमा सक्रियपूर्वक बिताए ।
यति लामाे समय फुटबलमा बिताउँदा आफ्नो व्यक्तिगत जीवनलाई लिएर भने एउटा गुनासो थियो, कमजोर आर्थिक पाटो । सुरुदेखि उनी मोटरसाइकलमै सीमित भए । एन्फाका लगभग सबै पदाधिकारी र खेलाडीको निजी गाडी हुँदा पनि उनी गाडि चलाउने हैसियतमा पुग्न सकेनन् । पछिल्लो समय उनको सबैभन्दा ठूलो उपलब्धि थियो, भैंसीपाटीमा आफ्नै घर । घर निर्माणका क्रममा उनलाई आर्थिक समस्याले लगातार पिरोलिरहेको थियो । हिजो शुक्रबार उनले नयाँ घर प्रवेशको साइत जुराएका थिए, त्यसैले घरमा पूजा थियो ।
हिजो घर प्रवेश नगरेको भए, आउने महिना दिन नयाँ साइत थिएन । त्यसैले एक दिन सुतेर पनि उनी यसको औपचारिकता पूरा गर्न चाहन्थे । शुक्रबार बेलुका अधिकांश साथीभाइलाई फोन गरेर उनले यसबारे जानकारी दिएका थिए । यस संवादातालाई पनि छ बजे बेलुकातिर फोन गरेका थिए, ललित दाइले । घर आउने निम्तो थियो । तर राति दस बज्न अगाडि नै उनको निधनको समाचार आइसकेको थियो ।
थ्री स्टार क्लबका महासचिव संजीव सिल्पकारले यसबारे जानकारी दिएका थिए । उनलाई राखिएको अल्का हस्पितलमा शुभचिन्तकको घुँइचो लागेको थियो । उनको भैंसीपाटीस्थित घर पूर्ण तयार भने थिएन, बिजुली राख्न बाँकी नै थियो । त्यसका लागि उनले छिमेकीबाट एकै दिनका लागि भए पनि बिजुली ल्याउने उपाय निकालेका थिए, अन्त्यमा त्यो नै उनको जीवनमा पूर्ण विरामको कारण बन्यो ।
आधुनिक नेपाली फुटबलमा उनको सबैभन्दा ठूलो योगदान क्लब फुटबल उकास्नु र यसमा धेरै हदसम्म व्यवसायीकता प्रवेश गराउनु थियो । उनी थ्री स्टारका अध्यक्ष थिए र उनले नै पहिलोपल्ट ठूलो पारिश्रमिकसहित खेलाडी अनुबन्धको परम्परा सुरु गरे । क्लबको नाम अगाडि व्यवसायीक संस्थाको नाम राखेर अनुबन्ध गर्ने प्रचलन उनले नै पहिलोपल्ट सुरु गरेका थिए ।
उनी लामो समय नेपाली राष्ट्रिय टिमको व्यवस्थापकका रूपमा पनि सक्रिय रहे । नेपाली राष्ट्रिय टिम विदेश जाने बेला अधिकांश समय उनी नै टोली नेता हुन्थे । एन्फा एकेडेमीमा धेरै समस्या हुन थालेपछि त्यो पनि उनले नै हेर्न थालेका थिए । उनी एन्फा नेतृत्व सम्हाल्ने मानसिक तयारी पनि गरिरहेका थिए । पछिल्लो फुटबल विवादका बेला उनलाई विरोधीतर्फ मिल्ने र अध्यक्ष खाने प्रस्ताव पनि थियो ।
तर उनी तयार भएनन् र अन्त्यसम्म गणेश थापाकै समर्थक रहे । फुटबल भनेपछि दिनरात नभन्ने ललित दाइ पछिल्लो समय क्यानडा जाने तर्खरमा थिए । उनी त्यहाँ भइरहेको महिला विश्वकपमा सहभागी हुने कार्यक्रम थियो । तर यो सबै अपुरो हुने भएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । नेपाली फुटबलका लागि उनको निधन अपुरणीय क्षति रहनेछ ।

###
0 comments
Write Down Your Responses