घुम्न आएका पर्यटक घर निर्माणमा व्यस्त (फोटो फिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कुम्पुर (धादिङ) : जेठको हपहपी गर्मी। पसिनाले निथ्रक्क भिजेको कपडा पनि ठाउँ ठाउँमा च्यातिसकेको छ। तरतर पसिना चुहिरहेको अवस्थामा पनि गर्मीको कुनै परवाह नगरी हातमा गल, घन र किला ठोक्ने औजार लिएर केही विदेशी अनुहार भूकम्पले क्षतिग्रस्त धादिङको कुम्पुरमा भूकम्प पीडितका लागि अस्थायी टहरा बनाइरहेका छन्।
झट्ट हेर्दा काम गर्न विदेशबाट आएका प्राविधिक होलान् भनेर जोसुकैले अनुमान लगाउँछ तर वास्तविकता भने त्यसो होइन। नेपालको प्राकृतिक सौन्दर्यमा रमाउन आएका विदेशी पर्यटक यतिखेर कुम्पुर गाविसको पिप्लेमा हातमा गल, घन र किला ठोक्ने औजार लिएर भूकम्प पीडितका लागि जस्तापाताको अस्थायी टहरा निर्माणमा जुटिरहेका छन्।
गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण पिप्लेका २४ घरपरिवारको सुन्दर बस्ती एकैछिनमा भग्नावशेषमा परिणत भयो। मानवीय क्षति हुन नपाए पनि १० भन्दा बढी घरका चौपाया भग्नावशेषमा पुरिए।
केही बेरअघिसम्म सुन्दर देखिने बस्ती भूकम्पको पहिलो झड्कापछि नै उजाड बन्न पुग्यो। एकाएक बस्तीका मानिसको जनजीवन अस्तव्यस्त भयो। त्यही बस्तीमा स्थानीयको अनुहारमा उज्यालो फर्काउन १२ जनाभन्दा बढी विदेशी नागरिक यतिखेर खटिरहेका छन्।
उनीहरूको जोस र जाँगरमा स्थानीयले पनि हौसला थपिरहेका छन्। उनीहरूलाई कुम्पुरसम्म आउने वातावरण भने असहाय, अशक्त र विपन्न समुदायको सहयोगका लागि काम गर्दै आएको पोखराको संस्था 'यस हेल्पिङ ह्यान्डस्' ले मिलाएको हो।
नेपालको सौन्दर्यमा रमाउन आएका बेला आइपरेको विपत्तिमा थोरै भए पनि सघाउन पाउँदा उनीहरू खुसी देखिएका छन्। हेल्पिङ ह्यान्डस्ले संकलन गरेको रकमले जस्तापाता, किलाकाँटी, र पाइप खरिद गरेर कुम्पुरमा अस्थायी घर बनाइदिन स्वयंसेवक परिचालन गर्यो।
संस्थाको अभियानको बारेमा पोखरामै रहेका यी पर्यटकले पनि थाहा पाएपछि स्वयंसेवकको रूपमा अहिले गाउँगाउँमा अस्थायी टहरा बनाउन सक्रिय भएको हेल्पिङ ह्यान्डस्का संस्थापक दिनेश थापाले बताए।
अमेरिकाबाट आएका पर्यटक भेन्कल ट्रोभेलेङ म्याटले भने, 'नेपाल घुम्न भनेर आएको थिएँ। यही बेला भूकम्पको विपत्ति आइपर्यो। नेपालीले भोग्नुपरेको पीडा देखेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर दिनेशजीहरूले सञ्चालन गरेको स्वयंसेवी अभियानमा हामी पनि सहभागी भएका हौं।'
भूकम्पले कुम्पुर गाविसका अधिकांश घर भत्किएका छन्। डेढ महिनादेखि स्थानीय खुला स्थानमा त्रिपालमुनि बसिरहेका छन्। उनीहरूलाई सहयोग गर्न आएका विदेशी पाहुना पनि सँगै बारीका पाटामा त्रिपालको अस्थायी टहरा बनाएर बस्ने गरेका छन्।
हावाहुरी र पानी पर्दा त्रिपालको बास निकै कष्टकर बनेकोमा जस्तापाताको अस्थायी घर बनेपछि अब अर्को घर बनाउन नसक्दासम्म ढुक्क भएको स्थानीय सन्तबहादुर घलेले बताए।
'बर्खा सुरु भइसक्यो। जस्तापाता किनेर घर बनाउन सकिएको छैन। पानीमै भिजेर बर्खा जान्छ कि भनेर अन्योल भइरहेका बेलामा यस्ता सहयोयीले अस्थायी बसोबास बनाइदिएर धेरै राहत मिलेको छ।
हामीलाइ पनि सिकाउनुभएको छ। हामी पनि अर्को गाउँमा सँगै घर बनाउन जान्छौं', स्थानीय रामबहादुर घलेले भने।
नेपाल घुम्न आएका विभिन्न मुलुकका नागरिक मिलेर एक सातामा कुम्पुर गाविसको चेपाङ र घले समुदायको बसोबास रहेको स्याँखुटार, आँपटार, कोदार, कामराङ र पिप्लेमा गरी चार सय ६५ अस्थायी आवास बनाइसकेका छन्।
विदेशीको मेहनत देखेपछि गाउँलेहरू पनि उनीहरूको साथ लागेर काम गरिरहेका छन्। विदेशी पाहुनाको साथमा स्थानीयसमेत गरी एक सयजनाले सँगै काम गरिरहेका छन्।
एउटा अस्थायी घर तयार पार्न १४ हजार रुपैयाँ लागत लाग्छ। स्थानीयको सहयोगका कारण खर्च निकै कम भएको थापाले बताए। उनले भने, 'हामीले घर बनाउनेमात्र होइन, बनाउन सिकाउने पनि गरेका छौं।
आफ्नो गाउँमा घर बनाएपछि अर्को गाउँमा अनिवार्य जानुपर्ने नियम लगाएपछि छोटो समयमा धेरै अस्थायी बसोबास मिलाउन सकिएको छ। यसले गर्दा गाउँलेहरूमा सहयोगी भावना पनि विकास भएको छ।'
नेपाल घुम्न आएका अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, क्यानाडालगायतका देशका नागरिक भूकम्प पीडितलाई सहयोग गर्न जुटेका हुन्।
स्विट्जरल्यान्डका केइच हेन्वचले भने, 'पर्यटकको रूपमा नेपाल घुम्न आएको भए पनि वैशाख १२ को महाभूकम्पले नेपालीलाई दु:ख दियो। त्यो दु:खमा शारीरिक रूपमा भए पनि सहयाग गर्न पाउँदा धेरै खुसी लागेको छ।'

###
0 comments
Write Down Your Responses