सिन्धुलीमा हात्ती आतंक, पालमा रात काट्नेलाई थप तनाव
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सिन्धुली, जेष्ठ २२ । धनुषा र सिरहा जिल्लाको सीमा क्षेत्रबाट सिन्धुलीको कमलाखोज क्षेत्रमा प्रवेश गरेका ३ देखि ६ ओटाको समूहमा रहेका जंगली हातीले आतंक मच्चाउदा स्थानीयबासी त्रसित बनेका छन् ।

दुईदिन अगावैदेखि सिन्धुली जिल्लाको चुरे आधार क्षेत्रको सजिलो जंगलबाट कमलाखोच क्षेत्रको निपाने रानिबास गाविसका जंगल आसपासका स्थानहरु र भीमान टाँडी सडकमा रातको समयमा देखिने हातीको समूहले स्थानीय बासिन्दाहरुको दुई घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गत वैशाख १२ गतेको भूकम्पका कारण घरहरुमा क्षति भइ पालमा रात बिताउन बाध्य स्थानीयको हात्ती आतंकले जनजीवन थप त्रसित भएको स्थानीयहरु बताएका छन् ।

जंगली हातीबाट हुन सक्ने खतरालाई मध्यनजर गर्दै नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय डकाहा र नेपाली सेनाको चन्दनपुर व्यारेकले आवश्यक सतर्कता अपनाएको जनाइएको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z