चट्याङबाट दुर्इ जनाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
विर्तामोडः शुक्रबार राति चट्याङ लागेर झापामा दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् ।

पानीसँगै परेको चट्याङ लागेर गरामनी-९ का खोटनाथ रेग्मी र शान्तिनगर-६ की सीता राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

चट्याङ लागेर घाइते हुनेमा गोलधाप-९ का सन्त बुढाथोकी, गोलधाप-१ का हप्पन सोरेन, बाहुनडाँगी-३ की कञ्चन देवान, बाहुन्डाँगी-१ की जानुका भारती र भद्रपुर-१ की उमा पासवान रहेका छन् ।

बुढाथोकी र सोरेनको विर्तामोडस्थित विर्ता सिटी र मनमोहन अस्पतालमा उपचार भइरहेको छ । अन्य तीनजना सामान्य उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चट्याङ लागेर २ वटा गाई समेत मरेको प्रहरीले जानकारी दिएको छ । एउटा घोडामारा र अर्को जलथलमा मरेको जिप्रका झापाले जनाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z