अमेरिकामा समिराको हत्या कसरी भयो ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अमेरिकाका टेक्सासस्थित डेन्टन सहरमा श्रीमती समिरा स्टोरमा थिईन । म दुई नावालक छोरीलाई खुवाउने लगायत घरायसी काममा थिएँ । करिव ११ बजे उनको फोनमा घण्टी वज्यो तर, घरायसी काममा काम भएकाले फोन उठाउन पाइएन । स्टोरवाट पनि फोन आएको रहेछ । पहिलो मिसकल सधैं स्टोरमा आउने ग्राहकको थियो । परेछ भनेर कल व्याक गरेँ । नियमित ग्राहकले के भने मलाइ थाहा छैन । (भक्कानिँदै) उसले जे भनि म सुन्नै सक्दिन कसरी भनुँ ? त्यो ग्राहकले समिरा इज सट् डेड भनि । त्यसैपछि मैले केही थाहा पाइन । यो फोनले मेरो जीवनमै बज्रपात ल्याईदियो ।

कलोनी सहरमा रहेको आफ्नै स्टोरमा काम गरिरहेका वेला जुन १० वुधवार विहान ग्राहकको भेषमा आएको एक लुटेराले टाउकोमा गोली हानी समिराको हत्या गरेको थियो । समिरा र म ५ वर्षअघि विवाह वन्धनमा बाँधिएका थियाैं ।
सन् १९८४ अप्रिलमा सर्लाहीमा जन्मेकी समिरा तीन वर्षअघि अमेरिका आएकी थिईन । तीन वर्षअघि जव उनी ड्यालस एयरपोर्टमा ओर्लिन मलाई भेट्नासाथ अंगालो हालेकी थिईन । मलाई अझै आशा छ, उनी फेरि यसरी नै मलाई अंगालो हाल्न आउँछिन् ।
दैव मेराे र दुई नावालक छोरीका लागि असाध्यै निष्ठुर छ, समिराको मृत शरिर बुझ्नका लागि अस्पतालले पठाएको पत्रमा मैले हस्ताक्षर गरेको छु ।
नियमित ग्राहकको त्यो फोनपछि भाईलाई फोन गरेर स्टोरमा इमरजेन्सी छ त्यहाँ जान भनेँ। भाई घरमै आएपछि उसकै गाडी लिएर स्टोर पुग्दा त्यहाँ प्रहरीको घेरा वनिसकेको थियो । मलाई आशा थियो, उनी अझै वाँचेकी छन् ।
त्यहाँ एक जना प्रहरीले भने आईएम सरी योर वाइफ इज नो मोर भनेपछि मलाई सम्हालिन अझ कठिन भयो । सम्हालिन कठिन भईरहेको थियो । प्रहरीले क्यामरा हेर्न खोजे । समिराको शव अस्पताल लगिएको रहेछ । मलाई उनी अझ आउँछिन भन्ने थियो । जव भोलिपल्ट अस्पतालवाट मृत शरिर वुझ्नका लागि चिठ्ठी आयो त्यसपछि मलाई सम्हाल्न गाह्रो भयो ।
हत्यारालाई ढिलो चाँडो प्रहरीले पक्राउ गर्लान । वर्णभेद, धर्मभेदमा मेरो विश्वास छैन तर, म यही भन्छु यस्तो कसैमाथि नहोस नेपाली मात्र होइन कुनै मानव माथि यस्तो नहोस कसैले अकालमा विनाकारण ज्यान गुमाउनु नपरोस् ।
(अमेरिकाकाे डेन्टनस्थित समिराको घरमा उनका पति नवराजसँग विकासराज न्यौपानेले गरेको कुराकानीमा अाधारित)
(प्रहरीले सुचना दिनेलाई १० हजार डलरको पुरष्कार पनि घोषणा गरेको छ । केही सुराक मिलेको र हत्यारा छ्टिै पक्राउ पर्ने प्रहरी स्रोतले जनाएको छ । समिराको आइतवार अन्त्येष्टी गरिने छ । )


###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z