संसारका ५ आश्चर्य लाग्दा एअरपोर्टहरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एअरपोर्टहरु सामान्यतया सहज स्थानमा हुन्छ र हुनुपर्छ भन्ने हाम्रो सोच रहेको हुन्छ। तर संसारमा यस्ता एअरपोर्टहरु पनि रहेका छन् जसले हामीलाई अचम्मित बनाउँछन्। खास विशेषता भएका र सोच्नै नसकिने स्थानमा अवस्थित अचम्म लाग्ने ५ एअरपोर्टका बारेमा यहाँ चर्चा गरिएको छ।
१. जिब्राल्टर इन्टरनेशनल एअरपोर्ट, लण्डनः
सामान्यतया कुनैपनि एअरपोर्टको रनवेको नजिकै गाडीहरु लैजाने अनुमति हुँदैन। तर बेलायतको जिब्राल्टर इन्टरनेशनल एअरपोर्टको रनवेमा भने सधैँजसो गाडीहरु कुदिरहेका हुन्छन्। यहाँ प्लेन ल्याण्ड हुनुभन्दा केही समयअघि भने गाडीहरु दौडाउन पाइँदैन। यसको कारण भनेको सडक र एअरपोर्टको रनवे एकैठाउँमा भएर हो। यो एअरपोर्टबाट ब्रिटिश एअरवेज र इजीजेटको फ्लाइट लण्डन र म्यानचेस्टरका लागि उडान हुन्छ।
२. कोर्चवेल एअरपोर्ट, फ्रान्सः
फ्रान्समा भएको यो एअरपोर्टको रनवे समतल जमिनमा नभएर पहाडको ढलानमा रहेको छ। यहाँ ढिस्काहरुमा प्लेन ल्याण्ड गर्नुपर्छ। यो एअरपोर्टलाई हलिवुड फिल्म टुमरो नेभर डाइजमा पनि देखाइएको छ। हिउँले ढाकेको पहाडको बीचको सानो भागमा अवस्थित यो एअरपोर्ट खतरनाक मानिन्छ।
३. जिस्बोर्न एअरपोर्ट, न्यूजिल्याण्डः
न्यूजिल्याण्डमा भएको यो एअरपोर्टको रनवेबाट रेल कुद्छ भन्दा धेरैलाई अचम्म लाग्छ। यो जिस्बोर्न एअरपोर्टको रनवेको बीचमा रेलवे ट्रयाक रहेको छ। तर यहाँबाट रेल हिँड्नुअघि एअर ट्राफिक कन्ट्रोलसँग अनुमति भने लिनुपर्छ। धेरै वर्षदेखि यहाँ यस्ते सिस्टम भएपनि हालसम्म कुनै ठूलो दुर्घटना नभएको बताइएको छ।
४. कन्साई इन्टरनेशनल एअरपोर्ट, जापानः
जापानमा एअरपोर्ट बनाउने खाली ठाउँ नभेटेर समुन्द्रमा एअरपोर्ट बनाइएको कुरासुन्दा अचम्म लाग्छ। तर त्यहाँ त्यस्तै भएको हो। करिब २० हजार करोड रुपैयाँको हाराहारीमा खर्च गरेर समुन्द्रमा कन्साई इन्टरनेशनल एअरपोर्ट बनाईको छ। यसका लागि पहिले ओसाका नजिकै मानवनिर्मित ठूलो टापू बनाइयो जो धेरै उचाइबाट देख्न सकिन्छ। यसको निर्माणमा तुफान र भूकम्प झेल्नसक्ने प्रविधिको प्रयोग गरिएको छ।
५. डन मुएङ इन्टरनेशनल एअरपोर्ट, थाईल्याण्डः
थाईल्याण्डमा थुपै आरामदायी र शानदार गल्फ खेल्ने स्थानहरु रहेका छन्। तर थाईल्याण्डको डन मुएङ इन्टरनेशनल एअरपोर्टमा पनि गल्फ खेलिन्छ। यहाँ १८ वटा गल्फ कोर्स बनाइएको छ। नजिकै प्लेन उडीरहेको बेला पनि यहाँ गल्फ खेल्ने सुविधा रहेको छ। यसलाई एकपटक सबैको लागि खुला गरिएको थियो तर पछि सुरक्षाका कारण आममानिसका लागि भने बन्द गरिएको बताइएको छ। यहाँ रोयल थाई एअरफोर्सका जवानहरुलाई गल्फ खेल्न छुट दिइएको छ।
###
1 comments
Write Down Your Responses
July 10, 2015 at 8:13 PM
The international airport of Gibraltar is actually located in Gibraltar, which is on far end of Spain, and thousand miles away from बेलायत (UK), anyway thanks for false information....