भूकम्पपछिको तनावले आत्महत्या गर्ने बढे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पारिवारिक कलहले आत्महत्या निम्त्याउँदै
काठमाडौं : विनाशकारी भूकम्पपछि आत्महत्याका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भूकम्प गएको वैशाख, जेठ र त्यसअघिका दुई महिना फागुन र चैतका आत्महत्याको घटना विश्लेषण गर्दा यस्तो तथ्य खुलेको हो ।
महानगरीय प्रहरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा डिएसपी बहादुर जंग मल्लले तथ्यांक सार्वजनिक गरेका हुन् । उनका अनुसार फागुनमा २६ वटा र चैतमा २८ वटा आत्महत्याका घटना भएका थिए । त्यसयता बैशाखमा ३६ वटा र जेठमा ३१ वटा आत्महत्याका घटना भएका छन्।
बैशाख र जेठमा ५३ जना पुरुष र १४ जना महिला गरी ६७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ । जसमा झूण्डिएर बढीले आत्महत्या गरेका छन् । ४८ जनाले झुण्डिएर, १७ जनाले विष सेवन गरेर र दुई जनाले हामफालेर आत्महत्या गरेका छन् ।
भूकम्पमा मानसिक असन्तुलन भएर मात्रै सात जनाले आत्महत्या गरेको जानकारी डिएसपी मल्लले दिए । उनका अनुसार पारिवारिक कलहका कारण २२ जना, मानसिक तनावले १७ जना, आर्थिक कारणले ६ जना, अभिभावको हप्कीदप्कीले पाँच जना, दीर्घरोगले पाँच जना, प्रेममा धोका पाएपछि दुई जना र एक जनाले इच्छा मृत्युले आत्महत्या रोजेको पाईएको छ ।
२६ वर्ष उमेरका धेरै
उमेरका आधारमा विश्लेषण गर्दा सबैभन्दाबढी २६ वर्ष उमेर समूहका सर्वसाधरणले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।
डिएसपी मल्लका अनुसार यो उमेर समुहभित्रकाले मात्रै बैशाख र जेठमा १७ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी ५१ देखि ६५ वर्ष उमेर समुहका १५ जना, १६ देखि २५ उमेर समुहका १५ जना, ३६ देखि ५० वर्ष उमेर समुहका १४ जना, ६६ वर्षमाथिका ३ जना र १६ वर्ष मूनिका तीन जनाले आत्महत्या गरेका थिए ।
शैक्षिक आधारमा यस्तो छ
शैक्षिक चेतनाको आधारमा पनि प्रहरीले आत्महत्याको विश्लेषण गरेको छ । जसअनुसार साधारण लेखपढदेखि स्नातकोत्तसम्म पढेकाले आत्महत्या रोज्ने गरेको तथ्यांकले देखाएको छ ।
डिएसपी मल्लका अनुसार बैशाख र जेठमा साधारण लेखपढ गरेका ४३ जना, एसएलसी पढेका आठ जना, आईए पढेका पाचजना, स्नातक पढेका दुईजना, र स्नातकोत्तर पढेका एक जनाले आत्महत्या गरेका थिए । बाँकी तीन जनाको पढाइ नखुलेको प्रहरीले जनाएको छ ।
बिबाहितको बढी आत्महत्या
बैबाहिक स्थिति केलाउँदा विवाहितले बढी आत्महत्या गरेको तथ्यांकले देखाएको छ । जसअनुसार ५४ जना विवाहित, ११ जना अविवाहित र दुई जनाको वैवाहिक अवस्था नखुलेको डिएसपी मल्ल बताउँछन् ।
प्रहरीले वैशाख र जेठमा भएका आत्महत्याको विश्लेषणका क्रममा जातको आधारमासमेत केलाएको थियो । जसअनुसार सबैभन्दा बढी जनजातिले आत्महत्या गरेको पाइयो ।
दुई महिनामा २४ जना जनजाति, १३ जना नेवार, ११ जना क्षेत्री, ६ जना दलित र एकजना मधेशी समुदायका सर्वसाधरणले आत्महत्या गरेको जानकारी डिएसपी मल्लले दिए ।
उनका अनुसार यो अवधीमा ब्राम्हण समुहदायका एकजनाले पनि आत्महत्या गरेको पाइएन । दुई जनाको जात नखुलेको र एक जना विदेशीले आत्महत्या गरेका थिए ।
पेशाका आधारमा मृत्यु रोज्नेहरु
पेशाको आधारमा २० जना ज्याला मजदुरी गर्ने, १३ जना कृषक, १० जना विद्यार्थी, ६ जना गृहणी, पाँच जना व्यापारी, चार जना जागिरे, तीन जना वैदेशिक रोजगारी, एक जना कानुन व्यवसायी, एकजना शिक्षक र एकजना पूर्व सैनिक रहेका छन् । बाँकी तीनजनाको पेशा खुल्न नसकेको जानकारी डिएसपी मल्लले दिए ।

###
0 comments
Write Down Your Responses