माग्ने, मुन्द्रे र ओलीलाई धादिङमा प्रहरीले समात्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सिडियोले सम्झाएर फिर्ता पठाए !
काठमाडौं, २१ असार । चर्चित हास्यकलाकारद्वय केदार घिमिरे ‘माग्ने बुढा’ र जितु नेपाल ‘मुन्द्रे’ तथा लोकगायिका कोमल ओलीलाई धादिङ प्रहरीले कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएको छ ।
युनिसेफको सहयोगमा रेडियो नेपालबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘भन्दै-सुन्दै’ रेकर्ड गर्न धादिङबेसी पुगेका तीन चर्चित सेलिब्रेटीलाई अनुमतिबेगर नै कार्यक्रम गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर सिधै सिडियो कार्यालय लगेको हो ।
जनचेतनामूलक रेडियो कार्यक्रम ‘भन्दै-सुन्दै’ उनीहरुले नीलकण्ठ उमाविको प्राङ्गणमा रेकर्ड गरेका थिए । चर्चित कलाकारहरु धादिङबेसी पुगेपछि नीलकण्ठ उमावि र बालमन्दिरका विद्यार्थी तथा शिक्षकहरुको उत्साहपूर्ण सहभागिता थियो ।
सो अवसरमा मुन्द्रे र माग्नेको हास्यव्यङ्ग्य प्रस्तुतीका अलावा चर्चित जादूगरहरुले जादू समेत देखाएका थिए । यस्तै कोमल वलीले आफ्ना चर्चित गीतहरु गाएकी थिइन् ।
कोमल ओलीले गीत गाएर सक्न नभ्याउँदै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो ।
Jitu, magne budha and Komal Oliनीलकण्ठ उमाविका शिक्षकहरुले कार्यक्रम विद्यालयको व्यवस्थापन र अनुमतिमा भएको भन्दै रोक्न खोजेपनि ‘सिडियो साप’ले लेराउनु भनेको छ भन्दै प्रहरीले लिएर गयो । त्यसपछि सिडियो कार्यालयमा केहीबेर सम्झाएर उनीहरुलाई छाडियो ।
नियन्त्रणमा लिएको होइन, छलफलका लागि बोलाएका हौं – सिडियो
यसैबीच धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरुलाई नियन्त्रणमा लिएको नभइ छलफलका लागि मात्रै बोलाएको बताएका छन् । ‘उहाँहरुले धादिङबेसीमा कार्यक्रम गर्नुभएछ, अनुमति लिइएको थिएन,’ साझापोस्टसँग कुराकानी गर्दै प्रजिअ घिमिरेले भने, ‘त्यसैले अनुमति लिएरमात्रै कार्यक्रम गर्न सम्झाएका हौं ।’
sajhapost.com

###
0 comments
Write Down Your Responses