नक्कली विद्यार्थी परिचयपत्र देखाउनेलाई सार्वजनिक मुद्दा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सार्वजनिक यातायतमा युवतीलाई दुर्व्यवहार गर्नेपनि प्रहरीको निगरानीमा
भाइ विवेक खड्काको नाममा रहेको कलेजको आइडी कार्ड बोकेर काठमाडौंको पुरानो बसपार्कबाट लगगखेलका लागि माइक्रो चढेका सुनसरीका सुमन खड्का बिहीबार ललितपुरको हरिहरभवनबाट पक्राउ परे ।
नक्कली विद्यार्थी परिचय पत्र बोकेको भन्दै उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । सोही दिन सोही रुटमा ४३ वर्षका मदन मगरपनि नक्कली आइडी कार्ड बोकेको भन्दै पक्राउ परे ।
यातायतका क्षेत्रमा भएको विकृतिलाई मर्यादीत बनाउन महाशाखाले ५ दिनसम्म सार्वजनिक सवारी साधनमै चढेर निरीक्षण गरेको थियो । सो क्रममा प्रहरीले १ सय ५ जनालाई पक्राउ गरेको थियो।
८४ जना सोधपुछ पछि छाडिएको र २१ जनालाई म्याद थप गरी अनुसन्धान चलाइरहेको एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए ।
अनुगमनका क्रममा पाकेटमार, विद्यार्थीको नक्कली परिचयपत्र बोक्ने,सवारी साधनभित्र धुमपान गर्ने, यात्रुहरुलाई लछारपछार गर्ने, महिला आरक्षणसिटको अवज्ञा गर्नेलाई पक्राउ गरिएको खनालले बताए ।
सार्वजनिक यातायतलाई मर्यादीत र सुरक्षित बनाउन यातायत व्यवसनयी, यातायत मजदुरहरुसँग सहकार्य गरी अभियान चलाइएको उनले बताए ।
'सार्वजनिक यातायतमा पकेटमार, महिला तथा युवतीको संवेदनशिल अंगमा छुने, सवारी भाडा नतिर्ने, खलासीले बढी लिनेजस्ता समस्या बढी देखियो', खनालले भने 'त्यसलाई रोकथाम गर्न यातायत सेवा सुविधा साझा अभियान चलाइएको हो ।' त्यस्ता कार्यमा सम्लग्नलाई सार्वजनिक मुद्धा चलाइने उनले बताए ।
महाशाखाका डिएसपी ओम अधिकारीले श्रीमती, छोरासँगै ससुराली जान लागेका एक अधवैशेले समेत विद्यार्थी परिचयपत्र देखाएर छुट मागेको निरीक्षणका क्रममा पाइएको सुनाए ।
महिला अधिकारकर्मी रेणु साहले सार्वजनिक यातायतका क्षेत्रमा महिलाहरुले अनेकौं हिसां व्यर्होनुपरेको भन्दै यसले रोकथाम गर्ने बताईन ।
नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नक्कली विद्यार्थी आइकार्डले आफूहरु हैरान भएको भन्दै ६० वर्षे वृद्धले पनि विद्यार्थी परिचय पत्र देखाउने गरेको सुनाए ।

###
0 comments
Write Down Your Responses